कोलकातामा अमिताभ बच्चनको मूर्ति स्थापना


काठमाडौं । भारतीय मेगास्टार अमिताभ बच्चनको चलचित्र ‘सरकार–३’ गत शुक्रबार रिलिज भयो । यसका साथै उनको कदभन्दा पनि ठूलो मूर्ति भारतस्थित कोलकाताको एउटा मन्दिरमा स्थापना गरिएको छ । जसलाई कोलकाताको फ्यानले मिलेर बनाएका हुन् ।

यो मूर्तिलाई सुब्रता बोसले निर्माण गरेका हुन् । अमिताभ बच्चन फ्यान एसोसियसन –एबीएफए) का प्रदेश सचिव संजय पटोदियाले एउटा समाचार एजेन्सीसँग कुराकानी गर्दे अमिताभको चलचित्रको सफलताका लागि प्रार्थना गरेपछि उनीप्रति समर्पणका लागि एउटा मन्दिरमा प्रतिमा स्थापना गरेका बताए ।

यो प्रतिमा ६ फुट २ इञ्च अग्लो फाइबरग्लासको प्रतिमा हो । अमिताभको वास्तविक उचाइभन्दा थोेरै अग्लो छ । यसलाई अझ आकर्षक बनाउन उचाइ बढाइएको पटोदियाले बताएका छन् । प्रतिमामा एबीएफएले ‘सरकार–३’ मा अमिताभले निर्वाह गरेको भूमिका सुभाष नागरेको जस्तै कपडा लगाइदिएको छ ।

सन् २००५ मा निर्माता निर्देशक रामगोपाल वर्माले प्रसिद्ध हलिउड चलचित्र ‘गडफादर’ बाट प्रभावित हुँदै हिन्दी चलचित्र ‘सरकार’ बनाएका थिए । जसलाई निकै मन पराइएको थियो । त्यसपछि निर्देशक वर्माले सन् २००८ मा ‘सरकार राज’ बनाएका थिए ।

 जसले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । वर्माले पुनः नौ वर्षपछि यसै सिरिजको तेस्रो चलचित्र बनाएका हुन् । चलचित्रले औसत प्रतिक्रिया पाइरहेको छ । एजेन्सी

,