मेरिल्याण्डमा घामपानी चलचित्र लाग्ने


कास्की समाज अमेरिकाले मेरिल्याण्डमा नेपाली चलचित्र घामपानी प्रदर्शन गर्ने भएको छ | यो चलचित्र नेपालको अहिलेको धेरै मन पराईएको चलचित्र हो |

यसअघि कास्की समाजले छक्का पन्जा नामक चलचित्र भव्यताका साथ प्रदर्शन गरेको थियो | यस पटक पनि दर्शकहरुको माया पाउने विश्वास आयोजकको छ |

चलचित्र प्रदर्शनबाट प्राप्त रकम सामाजिक काममा प्रयोग गरिने कास्की समाजका अध्यक्ष कुलप्रसाद गुरुङले द नेपाल टुडेलाई बताए |
आयोजकले सार्बजनिक गरेको अनुरोध जस्ताको तस्तै:

सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा तपाईहरुको सहयोग र साथले गर्दा कास्की समाजले पहिला नै नेपाली कथानक चलचित्र छक्क पन्जा भव्यताकासाथ् प्रदर्शन गराई सकेको जानकारी गराउदछु | अब दोश्रो प्रस्तुति नेपाली बजारमा भब्य सफल नेपाली कथानक चलचित्र 'घामपानी' लिएर आएका छौ | यस पटक पनि तपाईहरु सबै आएर सो चलचित्र हेरी सहयोग गरिदिनु हुन कास्की समाज हार्दिक अनुरोध गर्दछु | सिट सिमित भएको हुदा समयमा नै टिकट किन्नु होला | टिकट को लागि फोन अथवा message गरिदिनु होला हामि तपाइको घरमा नै टिकट पुराउने छौ | 
धन्यबाद 
सम्पर्क फोन नम्बर
1)कुल गुरुङ :- 443 -847-4557 
2) भरत  बराली  :- 443-527-3558 
3) मदन सुबेदी :- 443 - 824-9070 
4) भरत थापा :- 646-318-7008 
5) प्रकाश सिक्देल :- 443 -460 -8135 
6) रमेश श्रेष्ठ :- 510-717-8197 
7) श्याम कतिला :- 443-797-9622 
8 ) अशोक जंग के .सी :- 347-599-5692 
9 ) माया अधिकारी :- 443 -322-4786 
10) बिक्रम के.सी. :- 646-725-3695

, ,