शीतल शर्माको “पानी जहाज २” गीत सार्बजनिक


मिन दर्लामी, सिकागो, अमेरिका

गीत सँगीतको क्षेत्रमा आफ्नो कला र कौशलता देखाउदै नेपाली दर्शक संगीतप्रेमी स्रोताको मनमा बस्न सफल कलाकार हुन बैकुण्ठ महत । प्लानिंग म्यानेजमेन्टमा मास्टर र कानुनी बिषयमा एल. एल. बि. स्नातक पढेका अनि अधिवक्ता सम्म रहेका गायक बैकुण्ठ महत सरल स्वाभावका उच्च सोच राख्ने ब्यक्ति हुन । शिक्षा र दक्षाताले पनि कलाकारमा धेरै फरक पार्दछ र देशमा गीत संगीतबाट पनि गाउ, टोल, समाज जिल्ला, क्षेत्र र सिंगो देशमा मानिसको चेतनामा परिबर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण बनेका छन । पछिल्लो समय बैकुण्ठ महत र बरदान डिजिटलको उचाई दिन प्रति दिन चुलिदो क्रममा छ ।

पछिल्लो समय पूर्व प्रधानमन्त्री के.पी शर्मा अोलीले बोलेका विकास निर्माण र गर्न सकिने कामहरू उहाले बोलेका कुराहरूलाई समेटेर कुशल संचारकर्मी र कार्यक्रम प्रस्तोता शीतल शर्माको “पानी जहाज” बोलको गीत बजारमा आएको थियो । पानी जहाज १ ले सर्बत्र चर्चा बटुले पश्चात बैकुण्ठ महत कै लय र सब्द सृजनामा यसपाली पनि शीतल शर्माले बरदान डिजिटल मार्फत गणतन्त्र दिवस पारेर पुर्ब प्रधानमन्त्री के.पी. ओलीको हातबाट लोकार्पण गर्दै “पानी जहाज-२” आर्थिक समृद्धी लिएर सांगीतिक बजारमा आएकी छन । यो गीतमा पनि बैकुण्ठ महत र चर्चित सनंचारिका र गायिका शीतल शर्माको स्वर रहेको छ ।

उद्योग धन्दा खोलौ, बन्द हडताल बन्द गरौ, आफ्नै देशमा केही गरौ स्वाबलम्बी बनौ, बिदेशमा भएकालाई देश फर्कन भनौ, पर्यटनको बिकाश र प्रबर्धनमा मिलेर सबै लागौ, पर्यटक देशमा भित्राएर त्यसैबाट आएको पैसा देश बिकाशमा लगाऔ, खेलकुद क्षेत्रको बिकास गरौ, खेलकुदमा राजनिति होईन, खेलले देशलाई बिश्वमा चिनाउछ, देश समुन्नत भयो भने घुस दिने र लिनेहरू हुने छैनन्, देश भ्रष्टचार मुक्त हुनेछ, सबैले देशको लागी मेहनत गरौ र जे जति आर्जन हुन्छ हामी आफैले मिलेर गरौ र देशको आर्थिक समृद्धी बृद्धी गरौ भन्ने गीतको भाव रहेको छ ।

हामी सबै नेपालीले बांडीचुडी खाने बानी बसालौ, गाउ पाखामा र मदेशमा जग्गा जमिन हुनेले आजै देखी हलो जोत्न र कोदालो खन्न सुरू गरौ, हिमाल पहाड र तराई जताततै हराभरा गराऔ, देश मै खाद्य आर्जन गरेर कृषी बजार बढाऔ र देशबाट बिस्तारै गरिबी निर्मुल हुदै जान्छ अनि देशमा आर्थिक सम्बृधी हुन्छ भन्दै गीतको सब्द मार्फत ब्यक्त गरेका छन । साथै यस गीतको म्युजिक भिडियोलाई नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म पुगेर छायाङ्कन गरेको गीतमा सम्पूर्ण नेपाली र समृद्ध नेपालको कुरा समेटिएको छ ।

आर्थिक समृद्धीको,पानीजहाज भाग-२ म्युजिक भिडियो



बिष्नु भट्टराईको निर्देशन, छायाङ्कन र सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा शीतल शर्मा, मुक्ति पौडेल, डिल्लि नारायण पाण्डे चिरन बराल, कुलचन्द्र पुरी, सबिन बराल, साथै मिडियाकर्मी, समाजसेवी, बरिष्ट कलाकारहरूको अभिनय देख्न सकिन्छ भने शीतल शर्माको प्रस्तुति रहेको गीतलाई वरदान डिजिटल प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ । बैकुण्ठ महत र शीतल शर्माको स्वर रहेको शीतल शर्माको गीत राम्रो बनेको छ । त्यसैले पानी जहाज-२ ( आर्थिक समृद्धी ) गीतको सफलताको लागी पनि शुभ कामना ।

, , ,