जापानमा एनआरएनएको चुनावी रौनक़,कंडेलले दिए खुल्ला तर्फ सदस्यमा उम्मेदवारी


बिश्वबन्धु भण्डारी
जापान

आगामी अक्टोवरमा हुने एनआरएन जापानको चुनावलाई मध्यनजर गर्दै जापानमा उम्मेदवारी घोषणा गर्ने काम सुरु हुन थालेको छ, यसबर्षदेखि बिध्यार्थीहरुले पनि सदस्यता लिन सक्ने एनआरएनको निर्णय पछि सदस्यता लिने बिध्यार्थीहरु पनि बढेका छन् जापानमा अध्ययनका लागि आएका नेपाली बिध्यार्थीहरुको आत्महत्या बढेकाले "आत्मबलका साथ संघर्ष गरौ आत्महत्या होईन " भन्ने मुल नारा सहित बिध्यार्थीहरु तर्फवाट खुल्ला सदस्यमा मिलन कंडेलले आफ्नो उम्मेदवारी दिएको द नेपाल टुडे डटकमसगँको संम्वादमा कंडेलले जानकारी गराएका छन् ।

जापानको ओकिनवावाट निहोन गाक्कोउ सकेर हाल कान्साइ क्षेत्र अन्तर्गत कोबेमा सेन्मोन गाक्कोउ अध्ययनरत सामाजिक काममा निरन्तर सक्रिय कंडेलले जापानमा बढ्दो आत्महत्या रोकथामका लागि एनआरएनमा रहेर बिभीन्न चेतनामुलक कार्यक्रमसहित एनआरएनमा दबाव दिने प्रतिबद्दता सहित सामाजिक सन्जाल तथा जापानमा क्रियासिल पत्रकारहरुलाई जानकारी गराउदै उम्मेदवारीको घोषणा गरेका हुन् ।

बैदेशिक रोज़गार कोष स्थापना गरि समस्यामा परेका  जो सुकै नेपालीहरुलाई सहयोग गर्ने योजना रहेकोले खुल्ला केन्द्रिय सदस्यमा मतदान गरि जिताईदिनुहुनका लागि सम्पुर्ण जापानवासी नेपालीहरुलाई कंडेलले आग्रह गरेका छन् "खेलमा हार र जित पक्कै हुन्छ जितेभने आफ्नो प्रतिबद्दता अनुसार काम गर्नेछु यदि हारेछु भनेपनि जित्नेहरुलाई सहयोग गर्नेछु " हामीसगँको कुराकानिमा उनले वताएका छन् ।

, ,