श्रेष्ठको अगुवाईमा जोखिम सेती पुल मर्मत, पुलबाट खसेका घिमिरे भन्नुहुन्छ, ‘धन्नै खोँचबाट खसिन’

राजन उपाध्याय÷असार ७, तनहुँ ।
सम्बन्धित निकायले तत्काल मर्मत नगरेपछि युवा समाजसेवी एवमं व्यवसायी सन्तोष श्रेष्ठको अगुवाईमा तनहुँको शुक्लागण्डकी–४ र ८ नम्ब वडा जोड्ने सेती माथिको पुल मर्मत गरिएको छ । श्रेष्ठ वडा नंंं. ४ का वडा सदस्य समेत हुनुहुन्छ ।
सेतीमा निर्माण गरिएको दुलेगौडा–ढोरफिर्दी जोड्ने पक्की पुल दुलेगौडाको हेल्थ पोष्ट नजिकबाट नगरपालिकाले सडक पीच गर्न लागेपछि सो पुलबाट आवतजावतमा रोक लगाईको छ । मुख्य पुल बन्द भएपछि यसअघि चल्ने काठको पुलबाट सयौ सवारी साधन सञ्चालन हुदै आएको छ । दुलेगौडाबाट ढोर–फिरफिरे लगायत स्याङ्जाका ग्रामिण क्षेत्रमा पुग्ने यात्रुहरु उक्त पुलबाट जोखिम युक्त यात्रा गर्दै आएका छन् ।
श्रेष्ठले तत्कालको लागी सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उदेश्य सहित ब्यक्तिगत लगानीमा पुलको मर्मत कार्य सुरु गर्नुभएको हो । उहाँले मंगलवार एक कार्यक्रममा भन्नुभयो–‘चाडै नै मर्मत नगर्ने हो भने ठूलो दुर्घटना हुने सम्भावना देखेर मर्मतको शुरुवात गरेको हुँ ।’ खर्च कति हुन्छ तत्काल थाहा छैन, क्रसर उद्योगहरु र यातायात ब्यवसायीहरुले समेत सहयोग गर्ने प्रतिवद्धता गरेका छन् उहाँले भन्नुभयो, उहाँका अनुसार दुलेगौडा क्षेत्रका युवाहरुले निःशुल्क श्रमदान गरेका छन् । श्रेष्ठले दिउँसो सवारी आवागमनमा बाधा नहोस भनेर राती ८ बजे देखी विहान २ बजेसम्म पुल मर्मत गरेको जानकारी दिनुभयो ।

यता निर्वाचित प्रतिनिधी आएपछि पनि नागरिकलाई प्रत्यक्ष सरोकार गर्ने काममा ढिलासुस्ती हुनाले यस क्षेत्रका नागरिकले आलोचना गरेका छन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले पुल निर्माणको लागि ६ लाख २ हजार रुपैया विनियोजन भएको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिबाट ५ लाख र नगरपालिकाबाट १ लाख २ हजार छुट्याइएको छे । पाँच लाख भन्दा बढि रुपैयाको काम गर्दा टेण्डर मार्फत जानुपर्ने भएकाले तत्काल काम शुरु हुन नसकेको हो । हेल्थपोष्ट तलको सडक पिच सक्नासाथ पक्की पुल खुला हुने र माथिको काठको पुल मर्मत कार्यलाई अगाडी बढाईने गुरुङको भनाई छ । पिच सकिन करिव १० दिन लाग्ने उहाँले बताउनुभयो ।

घिमिरेको उपचारका लागि साढे तीन लाख खर्च

जेठ २० गते ढोरफिर्दीबाट दुलेगौडा आउदै गर्दा काठ हल्लिएर शुक्लागण्डकी–११, राईपुरका होमनाथ घिमिरे दुर्घटनामा पर्नुभयो । खोच भन्दा यतै खसेको हुनाले घिमिरेको ज्या न जोगियो ।
हाल मणिपाल अस्पतालमा उपचारका लागि पुग्नुभएका घिमिरले भन्नुभयो, ‘खोचमा खसेको भए मान्छे पनि भेटिन्थेन, धन्नै खोचबाट खसिन ।’ होमनाथसँगै पछाडि सवार श्रीमती नर्वदा घिमिरे भने बाटैमा लड्नुभयो । नर्वदालाई केहि भएन । होमनाथ घिमिरेको खुट्टा भाचिएको छ । शल्यक्रिया समेत गर्नुप¥यो । उपचारको लागि करिव साढे ३ लाख खर्च भएको उहाँले सुनाउनुभयो । ‘आफूत दुर्घटना परियो, अब अरुलाई यसो नहोस, पुल चाडो मर्मत गर्नुप¥यो ।’

केहि दिन अघि एक निजि विद्यालयको गाडी पुलमै रोकिनु परेको थियो । काठकोबीचमा फसेपछि दुई घण्टा पुलकोबीचमै रोकिएको हो । दुलेगौडाबाट गाछेपानी हुदै ढोरफिरफिरे तर्फ जाने उक्त पुल मर्मतका लागी मर्मतका लागि पहल नभएपछि सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरुमा ब्यापक गुनासो हुने गरेको छ ।