दार्जिलिंगमा बस्ने नेपालभाषीलाई गोर्खाको उपमा दिईनु 'गोर्खा' शब्दको गलत ब्याख्या



दिलीप वावु शिवा

सर्बप्रथम संसारले भन्ने गरेको गोर्खा शब्दको अर्थ के हो?

अंग्रेज-नेपाल युद्दका क्रममा अंग्रेज सेना बिरुद्द देश र देशको स्वाभिमानको खातिर युद्द लडेर वीरताको ईतिहास बनाएका गोर्खिलिहरु जसका सन्तान सुगौलि सन्धिमा भएको सम्झौता अनुसार ब्रिटिश आर्मिमा भर्ति भई कालान्तरमा संसारमा फैलदै गएको युद्द र अशान्तिका खिलाफ लड्दै आफ्नो शाहष,ईमान्दारीता र वीरताको प्रदर्शन गरी शान्ति स्थापनाका निमित्त सिपाहिको हैसियतमा संसारका बिभिन्न देशमा रहे।तिनिहरुलाई सम्मानार्थ संसारले 'गोर्खा'को उपमा दियो। भारतमा बसोवास गर्ने प्रवासी या आप्रबासी नेपाली समुदायको हकमा, भारतिय सेनामा कार्यरत 'Gurkha Riffle Regiment'नेपाली मुलको ब्यक्ति मात्रै गोर्खा कहलिन्छ । भारतको दार्जेलिगंमा बस्ने सालाखाला सबै नेपालभाषि समुदायलाई गोर्खाको उपमा दिईनु भ्रम मात्रै हो र गोर्खा शब्दको गलत ब्याख्या हो।

दार्जेलिंग गोर्खालेण्ड बन्दै गर्दा,नेपाल र नेपालीले बोकेको वीरताको गाथा र एक अबिचलित र अपराजित ईतिहास जसले नेपालीलाई संसारभर गोर्खालि भनेर गर्बका साथ पहिचान दिन्छ। त्यो सर्लक्कै गोर्खालेण्डमा गाभिन आउछ।
एक नेपालीके दृष्टिकोणबाट हेर्ने ह भने, नेपालमा एक मधेस एक प्रदेश बनाउने माग जस्तै गोर्खालेण्डको माग पनि अनुचीत छ।

अहिलेलाई दार्जेलिगंमा बसोबास गर्ने नेपालभाषिहरुको राष्ट्रियता भारतिय नै हो। तर १८१५मा भएको सुगौलि सन्धि पूर्बको ईतिहासमा दार्जेलिगं नेपालको भूभाग रहेको प्रष्ट उल्लेख छ।उनिहरुले आफुलाई नेपाली माने/नमाने पनि उनिहरुको रगत मात्रै नभएर DNAमा नेपाल नै छ।
नेपालले 'East India Company' तात्कालिन अंग्रेज शासकहरु संग गरेको  सुगौलि सन्धि पुरा पुरी २०० बर्ष भईसकेको छ।
तात्कालिन समयमा नेपाली राजनिति र कुटनितिक गतिबिधिमा भारतिय पहूचका कारण र नेपाल देश आफैमा बिभिन्न शासकिय जंजिरहरुबाट जेलिएर स्वयम नेपाली जनता पूर्णतया स्वाधिन नभईसकेका कारणले पनि भारतबाट अंग्रेजहरु हटि सके पश्चात उनिहरु संग गरिएका सम्पूर्ण सन्धि सम्झौता खारेज गरिनु पर्छ भनेर कहिकतै आवाज उठ्न सकेन।लामो कालखण्ड नेपाल  आफैमा अशिक्षा, गरिबि, पछ्यौटेपन, राजनैतिक उत्तारचढाव आदिको सिकार भईरहनु पनि यसको एउटा कारण हो।

सुगौलि सन्धिको यथार्तता बारे प्रष्ट भईसकेको आजको पुस्ताबाट पनि बर्तमानमा समयमा त्यसको बिरोधमा कुनै आवाज उठ्न सकेको छैन।कहि कतै आवाज उठेपनि त्यो नगन्य रुपमा रहेको छ।
मुल कारण त,हामि हाम्रा नेताहरु लाचाहार भएका कारण, भारत संगको परनिर्भरताका कारण र नेपाली राजनितिमा भएको भारतिय प्रभावका कारणले पनि मौन रहन बाध्य छौ।

तर सधै यस्तो नहोला, एकदिन नेपाल भन्ने देशपनि समृद्द र शक्तिशालि बन्ला र हामि पूर्णतया आत्मनिर्भर हुनेदिन आउला। त्यसपछि छाति रौँ भएको कुनै यस्तो ब्यक्ति जरुर जन्मिएला जसले देशभरिका जनता र आफ्नो अन्तरमनमा नेपाल भन्दै नशामा नेपाली रगत बगाई रहेका भारतमा रहेका प्रवाशि/आप्रवाशि नेपालीहरुको भावनालाई जोडेर दार्जेलिंग+सिक्किम नेपालले फिर्ता पाउनु पर्छ भन्ने जमात खडा गरेरे बिश्वलाई नै दबाब दिन सकोस।

आनेदोलनरत दार्जोलिगंका एकजना नेताले 'नेपाल आफैमा गरिबी र पछ्यौटेपनको शिकार छ, उसकै अबस्था नाजुक छ। हामि त्यस्तो देशमा मिल्ने भनेर कल्पना समेत गर्नसक्दैनौ" भनेर नेपाललाई होच्याउदै प्रतिकृया दिएको भिडियो सामाजिक सन्जालहरुबाट बाहिरीए लगत्तै दार्जेलिगं, सिक्किममा बसोबास गर्ने नेपालभाषिहरुलाई आफ्नै दाजुभाईको नजरले हेर्ने आम नेपालीको मनोभावमा केहि परिबर्तन हुनथालेको छ। उनि लगायत Facebook प्रयोगकर्ता अन्य केहि ब्यक्तिहरुको बक्तव्य प्रति बहूसंख्यक नेपालीहरु आक्रोशित छन र हुनुपनि स्वभाविक हो। किनकि हामिले दार्जेलिगं-सिक्किमलाई जुन नजरले हेर्यौ त्यहि नजरले हामि दार्जेलिगं-सिक्किमबाट हेरिएका रहेनछौ।हामि कति ठुलो भ्रममा बाचेका रहेछौ।बास्तबिकता हामिले सोचे जस्तो  रहेनछ भन्ने उजागर त्यहिबाट पनि भएको छ।

अन्तमा: दार्जेलिगंमा बसेर हातमा भारतिय नागरिकता बेकेर पनि आफ्नो मन-मस्तिष्कमा नेपाली हू भनेर बाच्नु हुने सम्पूर्ण नेपालप्रेमि दाजुभाई दिदि बहिनिहरुमा बिशेष सम्मान। र शरिरमा नेपाली DNA बोकेर नेपाल र नेपालीलाई तथानाम गालि र बेईजति गर्ने प्रति पनि सम्मान।किनकि तपाईहरुले हामीलाई बास्तबिकताको ऐना देखाई दिएई दिनु भएको छ र संग संगै अब हामी पनि स्वाभलम्बि बन्नु पर्छ भनेर ईख पनि जगाई दिनुभएको छ। यहाहरुलाई धन्यबाद |

हाल जापान


, , , ,