न्युयोर्कमा नारायण रायमाझीलाई सम्मान गरिने


बाल्टिमोर / जुन २९

अमेरिकाको न्युयोर्कमा बरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीको सम्मान हुने भएको छ | सम्मान कार्यक्रममा अमेरिकाका बिभिन्न शहरमा रहेका कलाकारहरुको उपस्थिति रहने छ भने केहि लोक गायकहरुले आफ्नो प्रस्तुति गर्ने भएका छन् |

कार्यक्रमको आयोजना अमेरिकामा रहेका कलाकारहरुले गरेका हुन् | यसको नेतृत्व चर्चित लोक तथा दोहोरी गायिका सिर्जना बिरही थापाले गर्नु भएको छ | कार्यक्रम यहि जुलाईको १५ तारिखमा हुनेछ |

कार्यक्रममा नारायण रायमाझीको सम्मानका साथसाथै बिशेष सांगीतिक कार्यक्रम पनि हुनेछ | जसमा कलाकारहरु सिर्जना बिरही थापा, मिन के.सी., बिमल डाँगी, उदय भट्टराई, मधुर गिरी, सरिता डाँगी, अमृत रामदाम र न्ह्युच्छे नारायण डंगोलले सांगीतिक प्रस्तुति गर्नुहुनेछ | कार्यक्रमको संचालन रेडियोकर्मी संदेश खड्काले गर्नुहुनेछ |

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् |

, , , , , ,