मेरिल्यान्डको बाल्टिमोरमा सामुदायिक भवनको निर्माण हुने

बानाले निर्माण गर्न लागेको सामुदायिक भवनको लागि बाल्टिमोरमा रहेका विभिन्न संघ सस्थाहरुसंग छलफल कार्यक्रमका सम्पन्न भएको छ । छलफलमा बोल्ने वक्ताहरुले बाल्टिमोरमा बस्ने नेपाली समुदायको लागि सामुदायीक भवनको निकै आवश्यकता रहेको बताएका छन् ।
छलफल कार्यक्रममा बोल्दै बानाका पुर्व अध्यक्ष बिजय श्रेष्ठले बाना एकताको समाज हो भनेर अमेरीकाका अरु सघंसस्थाले चिनेको छ, यो एकता सधै कायम रहोस भन्दै बानाले गर्न लागेको यो प्रयासलाई अब नरोकौ, आफ्नो सहयोग सधै रहने बताउनु भयो । तनहुँ समाजका अध्यक्ष पल रेग्मीले सल्लाह मात्रै माग्ने होईन ठोस कार्यक्रम र ठोस योजनाहरु लिएर ठोका ढकढकाउन आउनुस हामी सहयोगको लागि ढोकामा कुरेर बसेका छौ भन्नुभयो । एनआरएन मेरिल्यान्ड च्याप्टरका अर्जुन हमालले बानाको नेतृत्वमा हुने जुनसुकै सामाजिक कामलाई एनआरएन मेरिल्यान्ड च्याप्टर जस्तोसुकै सहयोग गर्न तयार रहेको छ भन्नुभयो। 
बानाका निवर्तमान अध्यक्ष कुलमणि आचार्यले सामुदायिक भवनको सुरुवाद गर्यौ भने सहयोगी हातहरुको अभाव नहुने बताउदै बिगतका दिनमा बानाले सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो साथै अवका दिनमा वोलिमा मात्र सिमीत नराखेर आजैबाट कामको शुरुवाद गर्नुपर्ने बताउनुभयो ।
नासोका गोपाल बिश्वकर्माले यो भवन बानाले वनाउन सुरुवाद गरे पनी यहाँ बस्ने करिब पन्ध्र हजार नेपालीको आफ्नै साझा भवन बनाउनु पर्छ, सवैको कुनै न कुनै तरिकावाट सहभागिता गराउनु पर्ने बताउनु भयो साथै अब भवन वनाउने अभियान कुनै पनी हालतमा रोक्नु हुदैन अब भवनसँग बानाको अस्थित्व जोडिएको बताउनु भयो ।  अब बानाले पिकनिक र सास्कृंतिक कार्यक्रम छोडेर मात्र भवन निर्माणको लागी लाग्नुपर्ने रहेको बताउनुभयो ।
म्याग्दि समाजका पुर्व अध्यक्ष पारसमणी श्रेष्ठले बाल्टिमोरमा  सघं सस्था बिचको प्रतिस्पर्धा बोलीमा मात्रभएको छ तर यहाँ कामको प्रतिस्पर्धा चाहिएको बताउदै बाना यहाँ वसोवास गर्ने नेपालीको साझा सस्थां भएकोले यहाँ हरेक नेपालीले संघसस्थाले गर्ने काम बानाको काम हो भन्न सकिन्छ भन्नुभयो । बानाका पुर्व अध्यक्ष कृष घिमिरेले हामिले सोचेको आवश्यकता के साच्चिकै आवश्यकता हो त त्यो पहिल्याउनु मुख्य कुरा हो भन्दै कस्ले के गर्ने भन्दा पनी यो समाजमा बस्ने नेपाली समुदायका भविश्यका सन्ततीका लागी पार्टी प्यालेस भन्दा पनी धार्मिक सस्कृती झल्काउने ठाऊँको आवश्यकता रहेको छ । एकता बोलीमा भन्दापनी काममादेखाउनु पर्ने बताउदै बानाले अहिले बन्दै गरेको नेपाली मन्दिरको सेरोफेरोमै सामुदायीक भवन बनाउन आग्रह गर्दै त्यस्को लागी आफु जस्तोसुकै सहयोग गर्न पनी तयार रहेको बताउनु भयो ।
कास्कि समाजका अध्यक्ष कुल गुरुङ्ले बाल्टिमोरमा बसोबास गर्ने नेपाली बिच अझ एकताको खाचो रहेको बताउनु भयो । लमजुङ समाजका अध्यक्ष शशि थापाले मन्दिर भएकै ठाउँमा नै  बानाको सामुदायिक भवन बनाउदा समस्या के हो प्रश्न गर्नु भयो । पर्वत समाजका अध्यक्ष रुद्र गुरुङले बानाले आफ्नो छुट्टै भवनको भन्दापनी मन्दिर संगैको सामुदायिक भवनको बारेमा सोच्ने होकी जिज्ञासा राख्नुभयो । नासाका धर्म बिश्वकर्माले मन्दिर र सामुदायिक भवन दुई भिन्दा भिन्दै पाटोभएकोले बानाले आफुले गरेको निर्णयलाई कतै नडगमगाई भवन निर्माणमा आजैवाट लाग्न सुझाव दिनुभयो ।बानाका सल्लाहाकार कृष्णजिवी पन्तले समाजको आवश्यकता हेरेर त्यहि अनुसारको भवन निर्माण गर्नुपर्नेबताउदै जसरी मन्दिरको निर्माणको लागी हामी सबै मिलेर लागेका छौ त्यस्तैगरी नै भवनको निर्माणको लागी पनी लाग्नुपर्ने वताऊनु भयो । ब्यक्तिगत मनमुटाव सामाजिक कार्यमा ल्याउनु दुखको कुरा हुने बताउनु भयो ।
बानाका पुर्व महासचिव तथा सल्लाहाकार देव शर्माले बानाले भवन निर्माणको लागि गरेको निर्णयको पालना आजैबाट सुरुवाद गर्नुपर्ने बताउनु भयो ।कार्यक्रम बानाका महासचिव सन्देश कुमार खड्काको संचालन तथा बानाकाअध्यक्ष अनुवन्त श्रेष्ठको सभापतित्वमा चलेको थियो। कार्यक्रममा न्युयोर्कको माऊन्ट एभरेस्टले बफेलोमा आयोजना गरेको भलिबलमा जितेर आएका खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।

-सागर घिमिरे


, , , , , , , , ,