बाल्टिमोरमा नेपाली भाषा कक्षाका बिद्यार्थीहरुलाई दिक्षित गरियो


बाल्टिमोरको नेपाली समुदायले सञ्चालन गरेको ‘नेपाली भाषा स्कूल’मा पढ्ने नेपाली मुलका बालबालिकाहरुले यो सिजनको कक्षा सत्र पुरा गरेका छन । भाषा स्कूलमा पढ्ने २५ जना केटाकेहीहरु आज दिक्षित पनि भएका छन । पहिलो चरणको भाषा कक्षा पुरा गरेपछि बालबालिकाहरु दिक्षित भएका हुन ।

नेपाली भाषा बोल्न नजान्ने वा नेपालीमा लेखपढ गर्न नसक्ने बालबालिकाहरु भाषा कक्षामा पढेपछि नेपाली बोल्न, लेख्न, र पढ्न जान्ने भएका छन । आजको दिक्षान्त समारोहमा विद्यार्थिहरुले आफुले जानेका कुराहरु लेखेर र पढेर प्रदर्शन पनि गरेका थिए । आफ्ना बालबालिकाहरुले नेपालीमा लेखपढ गरेको देखेर समारोहमा उपस्थित अभिभावकहरु खुसि देखिन्थे ।

भाषा कक्षामा संलग्न नेपाली पढ्न र लेख्न जान्ने बालबालिकाहरुलाई मेरिल्यण्डका स्टेट सिनेटर जिम ब्रसिनले प्रमाणपत्र दिएका थिए । केटाकेटिहरुको दिक्षान्तमा बोल्दै सिनेटर ब्रसिनले फरक भाषा र संस्कृतिले मेरिल्याण्डलाई अझै समृद्द बनाएको धारणा राखे ।

बाल्टिमोर काउन्टिमा बढ्दो नेपाली समुदायको उपस्थिसंगै नेपाली संस्कृति र भाषाको निरन्तरताको पनि चासो बढेको हो ।

झण्डै तीन महिना प्रत्येक सनिवार विहान डेढ घण्ट यो भाषा स्कूल चलेको थियो । सतिश चापागाईं र विष्णु शर्माले बालबालिकाहरुलाई नेपाली भाषा लेखपढ गर्न सघाएका थिए, भने नेपाली तक्वान्दो खेलाडी एवं ब्यवसायी कुमार कार्कीले कक्षा सञ्चालनका लागि Everest World Class TaekwanDo Academy को हल निशु:ल्क उपलव्ध गराएका थिए ।


कार्यक्रममा स्थानीय नेपाली संघसंस्था तथा अभिभावकहरुका तर्फबाट बोल्दै म्याग्दी समाज अमेरिकाका अध्यक्ष अमर छन्त्यालले नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा अत्यावश्यक भएको भन्दै नेपाली भाषा कक्षाको प्रशंशा गरेका थिए |

नेपाली भाषा एकाडेमीका संयोजक डा श्याम कार्कीले यो कक्षा सञ्चालमा सहयोगी सबैलाई धन्यवाद दिएका थिए ।

त्यस्तै भाषा प्रसिक्षकहरु चापागाईं र शर्माले घर घरमा आफ्ना केटाकेटीलाई थोरै भए पनि समय दिएर नेपाली लेखपढमा सघाउन अभिभावकहरुसंग अनुरोध गरे । घरमा केटाकेटीहरुसंग सकेसम्म नेपाली भाषामै कुराकारी गर्दा नेपाली सिक्न सिकाउन सजिलो हुने उनीहरुको धारणा थियो ।  नेपाली भाषा सिकाईले अमेरिकी सामाजिक मुलप्रवाहमा नेपाली केटाकेटीलाइ भविष्यमा अझ धेरै अवसर प्राप्त हुन सक्ने प्रशिक्षकहरुको मत थियो ।

मेरिल्याण्डको बाल्टिमोर काउण्टि नटिङघममा उक्त कक्षा सञ्चालन भएको हो । यो भाषा कक्षाको अर्को सत्र आगामी महिनादेखि सुरु हुने बताईएको छ ।








, ,