साहित्यमा जुवाको बिषय प्रवेश गराउने साहित्यकार सर्बज्ञ वाग्ले


सतिश चापागाईं

सर्बज्ञ वाग्ले युवा पुस्ताका एक सशक्त साहित्यकार हुन् | नेपाल छाडेर विदेश आएको बर्षौं भईसक्दा पनि नेपाली साहित्यप्रतिको उनको लगाव उत्तिकै छ | नेपाली साहित्यको श्रीबृद्धिका लागि यी युवा साहित्यकार दिनरात आफ्नो कलम घोटिरहेका छन् | साहित्यप्रतिको यिनको हुटहुटी कतिसम्म छ भन्ने कुराको प्रमाण यिनले हरेक बर्षजस्तो प्रकाशित गर्ने साहित्यिक कृतीबाट प्रष्ट हुन्छ |

हास्यव्यंग्य शैलीमा लेख्न रुचाउने साहित्यकार वाग्लेले नेपाली साहित्यको एउटा फरक बिषयमा कलम चलाउछन | त्यो हो 'जुवा' | जुवा नेपाली साहित्यका कुनैपनि साहित्यकारहरुले कलम नचलाएको बिषय हो | जुन बिषयमा वाग्लेले बर्षौंदेखि अनवरत रुपमा लेख्दै आएका छन् | अमेरिकाको क्यालिफोर्नियामा एक दशक देखि बस्दै आएका वाग्ले यस क्षेत्रका चर्चित समाजसेवी पनि हुन | उनी नेपालीहरुको साझा संस्था एन आर एन अमेरिका का मिडिया कोअर्डिनेट हुन् |

"के गर्नु नेपालॉ राणाका पालादेखी राजा पालासम्मॉ पनि सरकारले जनतालाई जुवा खेल्न छुट दिने चलनै थियो । भनौ भने दसैंको कोजाग्रतदेखि तिहारको असीसम्म अनवरत जुवाको जुटले काठमाडौं मात्रै नभै गाउँ गाउँ रंगिन्थ्यो । टुँडीखेल त जुवाका खालै खालले पालो आउने टुंगै हुन्थेन । आज भन्दा केही दशक अघी सम्मॉ त पैसा महंगा भए पनि जुवाँ हजार हजारका देखि लाख लाखका गड्डिले जुवाँ कपडडी चल्थ्यो मनपरी त नभनौं ।" साहित्यकार वाग्लेले यो पंक्तिकारसंग भने |


साहित्यकार वाग्लेलाई नेपाली जीवन शैलीमा भित्र भित्रै झाङ्गिदै गएको जुवा तास खेल्ने र खेलाउने प्रबृत्तिले सार्है पिरोलीरहेको छ | उनी यसलाई समाज बिगार्ने प्रबृत्तिका रुपमा लिन्छन | नेपालमा गाउँगाउँदेखि राजधानीसम्म जुवा खेल्ने र खेलाउने जुन काम भईरहेको छ र यसले नेपाली समाजमा जुन प्रभाव पारेको छ त्यो धेरै नै घातक भएको उनको ठम्याई छ |

नेपालमा सम्भ्रान्त परिवार अनि उच्च खानदान पैसावालहरु यो कुलतमा फसेको वाग्लेको भनाई छ | दलाल, उच्च पदस्थ कर्मचारी, पुलिस प्रशासनका प्रमुख, नेता, कार्यकर्ता, ब्यापारीदेखि अपारीसम्मका पैसा हुनेले खेल्ने खेल जालझेल र जुवाडेकै मेलले नेपालको कानुनलाई छ्लेरै पनि ठुला ठुला खालहरु चलिरहेको वाग्लेको दाबि छ | बिशेषगरी राजधानी काठमाडौँमा यो चलन डरलाग्दो तरीकाले झाङ्गिदै गएको उनको दाबि छ |

 वाग्ले स्वयं पनि जुवा खेलाउने क्यासिनोमा केहि समय काम गरेका थिए | आफ्नो काम गर्दाताकाको अनुभव र त्यहाका ग्राहकहरुको डरलाग्दो दैनिकीको झल्को वाग्लेले आफ्ना लेखनमा ल्याउने गरेका छन् | समयमा सही मार्ग पहिल्याउन नसक्दा र लहैलहैमा लागेर धेरैको घरबास उडेको आफ्नै आखाँले देखेका वाग्लेले आफ्ना लेख र कथा मार्फत चेतना छर्ने काम पनि गरेका छन् |

हिन्दु धर्म शास्त्रमा पनि जुवाको प्रसङ्ग भएको र यसले भगवान भनिएका हरु पनि अप्ठेरोमा परेको प्रसङ्ग वाग्लेले बताए | "यहाँ हाम्रो धर्म शास्त्रको कुरै गर्नु हुन्छ भने पनि हेर्नुस त महाभारतको नलपर्वॉ दुई भाईको जुवाले के गर्यो? उनले शास्त्रका कुरा थपे:

लागे बित्न बनेर सारथि त्यहाँ वाष्णेर्यजिका दिन |
जूवामा नलको ति पुषकरजिले सारा जितेथे धन ||

हाँस्तै पुष्करले भने धन सबै हारी सक्यौ हे नल |
के राख्छौ भन शेष रत्नहरुमा स्त्री छन केवल |
|
तिनकै बाजि गरेर खेल यसरी ठट्टा गरेथे जब |
लागी बाण समानको वचन त्यो बोल्नै सकेनन तव ||

वस्त्र भूषण देहमा जति थिए सारा फुकाली दिए |
यौटा वस्त्र लगाइ जान वनमा ती दम्पति निस्किए ||

रानी लिइ नल हिंडे वन जानलाई |
पानी र अन्न दिन तीन बिते नखाइ ||

खप्तै क्षुधा अनी तृष्णा तटमा नदिको |
पुग्दा रहेन बल शेष ती दम्पतिको ||

सम्झेर राज्य सुख वैभव त्यो अपार |
थाले बसेर त्यही गर्न तिनी विचार ||

जान्दिन पाप फलि कुन जुनिको म कष्ट |
भोग्दैछु यो बखतमा भइ दैव रुष्ट ||

हामीले सानैदेखि सुन्दै आएको नखेल्नु जुवा र तास, धनको नाश जीवनको बनिबास भन्ने गीत बाहेक नेपाली साहित्यमा त्यस्तो वजनदार प्रस्तुति र कृती भेट्न सकिन्न | तर साहित्यकार वाग्लेले यही बिषयमा तिन तिन वटा कृती प्रकाशित गरिसकेका छन् | उनका कृतीहरुमा जुवाघर, क्यासिनो र युधिष्ठिर रहेका छन् | अव निकट भविस्यमा हास्यव्यंग्य संग्रह " पशु एकता जिन्दाबाद " निस्कंदै गरेको उनले जानकारी दिए |

नेपालका साहित्यकार र साहित्यिक पत्रकारहरुले पनि वाग्लेले जुवा बिषयमा चलाएको  कलमको प्रशंसा गर्ने गरेका छन् | एकातिर यो बिषय अत्यन्त प्राचिन हो | हाम्रा धर्म शास्त्रहरुमा जुवा बिषयमा थुप्रै किस्साहरु छन् तर अर्कोतीर नेपाली साहित्यमा यो ओझेल परेको बिषय हो | वाग्लेले निरन्तर रुपमा कृती नै प्रकाशित गरेर यो बिषयको उठान मात्र गरेका छैनन् कि यसको महत्वमाथि न्याय समेत गरेका छन् | यो बिषयमा नयाँ पुस्ताका साहित्यकारहरु आकर्षित हुनु जरुरी छ | वाग्लेको आउदै गरेको पशु एकता जिन्दाबादलाई शुभकामना पनि छ |





, , , , ,