बाल्टिमोरमा गाईजात्रा महोत्सव हुने


मेरिल्याण्डको बाल्टिमोरमा या बर्ष बृहत गाईजात्रा महोत्सव हुने भएको छ | लाईन्स क्लब अफ बाल्टिमोरले यो कार्यक्रमको आयोजना गर्न लागेको बिजय श्रेष्ठले द नेपाल टुडेलाई जानकारी दिनुभयो |

कार्यक्रममा अन्य नेपाली कला र संस्कृति झल्कने कार्यक्रमहरु प्रस्तुत गरिने छ | कार्यक्रममा कलाकारहरु रतन सुबेदी, प्रमोद खरेल, सन्दिप क्षेत्री, यसोदा खालिंग र कृती ज्ञवालीको प्रस्तुति रहने पनि आयोजकले जनाएका छन् |

जुलाई २३ तारिखका दिन हुने कार्यक्रमलाई बृहत बनाउन सबैको सहयोगको अपेक्षा गरेको बिजय श्रेष्ठले बताउनु भएको छ |


, , , ,