स्कट्ल्याण्डमा सोमा घिमिरेको 'जीवन यात्रा: कतै देश, कतै परदेश' विमोचित


शिव तिवारी
एबर्डिन, स्कट्ल्याण्ड

साहित्य तथा कला समूह, एबर्डिनद्वारा आयोजित साहित्यिक कार्यक्रममा सोमा घिमिरे द्वारा रचित कबिताहरुको संग्रह "जीवन यात्रा: कतै देश, कतै परदेश" बिमोचन गरिएको छ ।

 मासिक कबिता बाचन कार्यक्रम अन्तर्गत बिबिध सांकृतिक कार्यक्रम सहित भब्य रुपमा उक्त कृती बिमोचन गरिएको थियो । स्थानिय हाई हिल्टन चर्चमा सम्पन्न कार्यक्रम, आयोजकका तर्फबाट नबिन क्षेत्रीले संचालन गर्नु भएको थियो भने कबि मुकुल दाहालले कबयत्री घिमिरेको ब्यक्तित्व र पुस्तकमा समेटिएका बिभिन्न कबिताहरुको बारेमा प्रकास पार्नु भएको थियो ।

कबयत्री घिमिरे बि. स. १९९८ साल कार्तिकमा खाँदबारी-१ संखुवासभामा जन्मनु भएको हो । उहाँ कबिता लेखनका साथै समाजसेबिका रुपमा पनि परिचित हुनुहुन्छ । सोमनाथ शर्मा मेमोरियल ट्रष्टकी संरक्षक कबयत्री घिमिरेले २०७२ सालमा  नेपालमा गएको महाभुकम्पमा सहयोग स्वरुप नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसन मार्फत नेपाली १ लाख रुपैयाँ प्रदान गर्नु भएको थियो ।

अन्तराष्ट्रीय नेपाली बाङ्ग्मय प्रतिस्ठान, लन्डनका सदस्य समेत रहेका कबयत्री घिमिरेका सुपुत्र डा. सोहन घिमिरेले सहयोगी सबैलाई धन्यबाद दिदै आमाले आफ्नो जिबन भोगाई, अनुभव र गाँउ समाजबाट सिकेको ज्ञानका माध्यमबाट सरल तर चोटिलो कबिता रचना गर्नु भएको र सबै खालका कबिता समेटेर प्रकासन गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।

कार्यक्रममा एन्जल अर्याल, आदित्य पाण्डे, श्रीबित घिमिरे, सम्पन्न तिवारी, आकृती भट्ट, सुमित पौडेल, सृजाला पौडेल, सोफी रेग्मि, मेलिसा रेग्मी लगायतले आ-आफ्ना कविता पाठ गर्नु भएको थियो| सनोजा क्षेत्री, बिबिषा उप्रेती , अध्या रेग्मी लगायतले नृत्य प्रस्तुत गर्नु भएको थियो भने शुभेक्षा तिवारीले गीत गाउनु भएको थियो |








, , , , ,