साउदी अरबबाट नेपाल फर्किनेहरु बढ्दै


अरुण चापागाईं
साउदी अरब

नेपाली कामदारहरुको प्रमुख गन्तव्य मध्ये एक प्रमुख गन्तव्य मुलुक साउदी अरेबिया पनि एक हो । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य गिरावटसंगै प्रमुख आयश्रोत रहेको साउदी अरेबियालाई आर्थिक चपेटाले चारैतिर बाट चाप बढ्न थाल्यो ।बजारमा पैसाको अभाव संगै समस्या बढ्न थाले । कामदार कटौती,साना कम्पनी तथा उधोग बन्द हुने क्रम सुरु भयो ।

 कति नेपाली अबैध रुपमा लुकेर काम गर्न थाले कोहि नेपाल फर्किए ,भागेर काम गर्नेहरु पनि धेरै साउदीको आममाफीसंगै फर्कियका छन । कोहिलाई भने भरपर्दो तथा ठुला कम्पनीमा काम गर्नेहरु खुसी नै छन, गएको पाँच महिना अगाडी एकै समयमा दुई सडक दुर्घटना भए जो नेपालीसङ्ग सम्बन्धित थिए ।

काठमाडौ जोरपाटी निबासी राजु लामा र चितवनका गणेश गुरुङ सडक दुर्घटनामा परेका थिए । अपसोच दुबै जना साउदी अरेबियाको नामि दूध कम्पनी अलमराइ मा कार्यरत थिए । काठमाडौंका राजु लामा आफैले हाइ वेमा चलिरहेको गाडी बाट हाम फालेका थिए ,उनलाई टाउको मा गहिरो चोट लाग्यो र महिनौ दिन अस्पताल मा भर्ना गर्नु पर्यो ।हाल उनी निको भयर नेपाल फर्किसकेका छन।

उनलाई नेपालमा उनका आफन्तसम्म जिम्मा लगाउने जिम्मेवारीका साथ कम्पनीले नै एक जना सहित नेपाल पुर्यायो । यता आफ्नो रोकिराखेको गाडी अरुले लादै गरेको देखेपछी पछीपछी झुन्डिएर गाडी फर्काउने आशाका गणेश गुरुङ भने बिच बाटोमै खसे र टाउकोमा गम्भीर चोट लाग्यो ।

२३ दिनसम्म होस नखुलेका गुरुङ्को टाउकोमा गहिरो चोट लागेका कारण मेजर अप्रेसन गर्नुपर्ने भयो ।उनको लागि चाहिने रगत र महँगो औषधोपचारको लागि झन्डै एक लाख साउदी रियलको खाचो भयो |

अलमराइ मै कार्यरत समाजसेवी बेद  गुरुङको अगुवाइमा साउदी मै कार्यरत नेपालीहरुले रक्तदान गरेर गणेश कार्यरत कम्पनीले ७०,००० साउदी रियल खर्च गरेर उनको उपचार गर्यो ।

आज प्रसन्न मुद्रामा देखिएका गणेश गुरुङ वार्षिक बिदाका लागि भन्दै नेपाल फर्किए । साउदी अरेबियामा संगठित तमु धि जेद्दाले पुनर्जीवन पाएको भन्दै खादा ओडाएर उनलाई बिदा गर्यो ।

एन आर एन ए (आर सि सि) जेद्दाको चौथो साधारण शभा मा बोल्दै महा बाणिज्य दुत रेबती रमन पौडेलले साउदी अरेबियामा दुखमा परेको अनुभव भएमा दूतावास सङ्ग सम्पर्क गर्न अनुरोध गर्दै अन्य पिडितहरुलाई फोन गरि अबस्थाका बारेमा सोधपुछ गरेका थिए ।


, , ,