मेरा हरेक कबितामा तिमिलाई देखेकी छु -प्रकृति फुयाल

प्रकृति फुयाल 

कबिता 


मेरा हरेक कबितामा तिमिलाई देखेकी छु मैले
मेरा हरेक शब्दमा तिमीलाई लेखेकी  छु मैले
होलान मेरा शब्द त्यति गहकिला नहोलान
तर यो कलम र कापीको जस्तै पवित्रता
तिम्रो मेरो  मनको साईनोमा भेटिकी छु मैले
झुटो हैन ,सत्ते प्यारा
जबबाट तिमीलाई भेटे
जिन्दगीका हर दुख मेटेकी छु मैले

कति कन्जन अनि निश्चल छ तिम्रो मन
नदिलाई त  छामेकी छु र कहिले?
कति गहिरा छन् मेरा लागि तिम्रा भाबहरु
समुन्द्र त  नापेकी छु र कहिले
तिमी गर्छौ सँगै शुन्दर संसार बसाउने कुरा
झुटो हैन,सत्ते प्यारा
मेरो मानसपटलमा रचिएको मिठो कबिता हौ तिमी
तिमी भित्रै शुन्दर संसार देखेकी छु मैले

मेरा लागि लाखौ मध्य एक चम्किलो तारा
 झार्ने कुरा
तिमी गर्छौ कहिले काही
घर्ति कै शुन्दर तारा यि आखामा राखेकी छु     मैले
मेरो जिन्दगीनै खुशी खुशीले सजाउने
सपनाका कुरा
तिमी गर्छौ कहिले काही
सँगै बिताएका हरेक पल सापना झै साचेकी छु मैले
झुटो हैन,सत्ते प्यारा
संसारकै शुन्दर राजकुमार तिमी
तिमीसँग जोडिएर
आफैलाई भाग्यमानी ठानेकी छु मैले

हाल जापान

, ,