हाम्रोलाई होइन राम्रो लाई चुनौ : सन्दर्भ एनआरएन


           अमेरीकाको ब्यस्तताले गर्दा होला दिनमा प्राय कमै फोन उठाउन मिल्छ फोन पनी कमै मात्रमा आउने गर्छ दिनमा प्राय साथिभाई आफन्त गरेर / वटा कल आउने गर्थ्यो तर आजकल दैनीकी कलको सख्यां केहि बढेको , सायद त्यो अनुभब तपाईहरुले पनी गर्नुभएकोहोला, गर्नु भएको छैन भने अब / दिनमा गर्नुहुनेछ, नत्र सम्झनुस  एनआरएनको सदस्यता लिन भुल्नुभयो त्यो आजकल आउने कल हो एनआरएन उम्मेदवारहरुको, " लौ पाल्पाको नै हैछ हजुर पनी मलाई थाहानै थिएन पनी त्यतैतिरको, त्यहि नजिकै तनहुँको पर्वतको त्यहि स्याङ्जाको", जिन्दगिमा कहिले आवाज नसुनेकाहरु नदेखेकाहरुले फोनमा त्यस्तो भन्दा ओहो पनी कति चर्चित भएछु भन्ने लागेर आउछ तर अन्त्यमा सबैको त्यहि, यो पदमा उठेको छु यो यो गर्दैछु मलाई भोट दिनुहोला है .... यस्तै यस्तै ... डोनाल्ड ट्रमले पनी आफ्नो चुनावमा त्यत्रा योजना घोषणा पत्रमा राखेको थिएन होला जति हाम्रा एनआरएन उम्मेदबारका साथिहरुले फेसबुकको भित्तामा झुण्डाउनु भएको अझ घोषणा पत्र पनी लगभग सबैको कमा पुर्णबिराम सहित कपि/पेस्ट जस्ले पछि कपि गर्यो त्यसैको ठुलो घोषणापत्र, कपि संगै / वटा आफ्नो बुँदा थपेर होला ठुलो गराएको, काम गर्न संग मतलब छैन उस्को भन्दा मेरो घोषणा पत्र ठुलो छैन त्यसैमा प्रतिस्पर्धा   बरु एउटा मात्र बुँदा राख्नुस तर पुरा गर्ने काम गर्न सक्ने मात्र राख्नुस अनी पो पत्याउन सजिलो हुन्छ अझ अर्को कुरा मैले यस्तो गरे उस्तो गरे भन्दै नेपाली बिषयको परिक्षामा सप्रसङ्ग ब्याख्या गरेजस्तो / पेजमा आफ्नै बखान, अझ त्यति मात्रै हो फेसबुकमा आफै पेज खोल्दै फलनालाई जिताऊ अभियान रे #कतिहास्नु !!!

फेरी आजकल एनआरएनमा उठनेहरुको ताती हेर्दा गाउँमा एउटा युवा क्लबको उपाध्यक्ष चलाउन नसक्नेले अब मलाई संस्थाको देसको पुरै अनुभब भयो अब देसै हाक्न सक्छु भनेर सिधै राष्ट्रपतीमा उम्मेदबारी दिए जस्तो लाग्छ, कुनै अनुभव ब्यबस्थापन कुनै नेतृत्व गर्ने ज्ञान नै , फेसबुकमा भए भरिको एउटा राम्रो फोटो खोज्यो अनी एनआरएनको लोगो झुन्डाएर फेसबुकमा पोस्ट हान्यो मैले यस्मा उम्मेदवारी दिने घोषणा गरे रे, !! अझ / वटा लाईक कमेन्ट आउदा पुरै चुनाव जिते जस्तो पो गर्छन बा !!

हो एनआरएन हामी एनआरएनको लागी आफैमा एउटा गौरवमय सस्थां हो, देश बाहिर बस्ने हामि जस्ताको लागि एउटा अभिभाबकको भुमिका एनआरएनले निभाउन सक्ने हैसियत राख्दछ तर एनआरएन अमेरीकामा देखिएको यहाँका एनआरएन हरुको सहभागिता   उम्मेदबारीहरुको होडबाजी हेर्दा कामको लागि भन्दा पनी सामाजिक संन्जालमा नाम, फलो लाईक बढाउन भन्दा अरुकुनै काम गर्ने हैसियत देखिदैन, एनआरएन अमेरीकाको उम्मेदवारी भनेको नेपाल संगै यहाँको चालचलन भाषा तथा डिप्लोम्याटिक सम्बन्ध स्थापित गर्ने खालको समेत हुन जरुरी कि इन्ग्लिस ट्रास्लेटर राखेर मिटिङ्गमा जानुपर्ने अबस्था नआओस
    हो सबै उम्मेदबारहरुलाई त्यसो भन्नु पाप लाग्छ थुप्रै  उम्मेदबारहरु नेतृत्व कामको अनुभवले खारिएर अब एनआरएन मार्फत सेवामा लाग्ने  पनी हुनुहुन्छ तर उहाँहरु यि भित्ते उम्मेदवारको तुलनामा ओझेलमा पर्नुभएको देखिन्छ

एनआरएन अमेरिकाले यहाँ गर्नुपर्ने धेरै काम रहेको , आजसम्म पदमा बसेकाले पनी खास्सै केहि गरे जस्तो लाग्दैन सम्पुर्ण नेपालीको साझा संगठन भन्ने तर अमेरीकाको कुन राज्यमा कति नेपालीको बसोबास रहेको एकिन तथ्याङ्क अहिलेसम्म सस्थालाई जानकारी छैन, अबको कार्यकालमा एउटा मात्र काम सम्पुर्ण नेपालीको डाटा संकलन मात्रै गर्न सकेपनी ठुलो उपलब्धि मान्न सकिन्छ अहिले सम्मका प्राय सबै उम्मेदबारको घोषणापत्रमा यो बुदाँ राखिएको हुन्छ तर कार्यान्वयन कसैबाट हुन सकेको छैन यस बाहेक एनआरएन परिचय पत्रको ब्यबस्था, एनआरएन हेल्प लाईनको ब्यबस्था लगाएतका थुप्रै बिषयलाई जोडेर धेरै अगाडीबाट भोट माग्दै आएका छन तर कसैबाट केहि उपलब्धि भएको छैन पद पाउनको लागि जे जस्तो बाचा गर्ने तर पदमा पुगेपछी त्यहि चाला अहिलेको नेत्तृत्वमा यस्तो कमि कमजोरी नहोस सुभकामना , साथै भोट हाल्ने हामी सदस्यहरुपनी भेडाको तालमा हाम्रो उम्मेदवार होइन कि राम्रो उम्मेदबारको चयन गरौ जय एनआरएन  !! - सागर घिमिरे

, , , , , ,