कलाकार डिना वाङ्देलको अमेरिकामा निधन



 कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा निधन भएको छ |

उनको आज भर्जिनियाको रिचमण्डस्थित भर्जिनिया कम्मनवेल्थ युनिभर्सिटी मेडिकल सेण्टरमा निधन भएको हो । नेपाली कला र साहित्यका शिखर व्यक्तित्व लैन सिं वाङ्गदेलकी सुपुत्री जो आफैं दक्षिण एसियाको कला, संस्कृति सम्बन्धि ख्याती प्राप्त इतिहासविद थिइन् |

उनका श्रीमान र दुई छोरा रहेका छन् ।

उनी भर्जिनिया कम्मनवेल्थ युनिभर्सिटीको कतारकी कला ईतिहासकी निर्देशक थिईन् । आफ्नो पारिबारिक भेटघाटका लागि उनी एक महिना अघि कतारवाट भर्जिनियाको रिचमण्ड आएकी थिइन् ।

उनले रायन माअर कलेजबाट बिए, युनिभर्सिटी अफ विस्कानशिन म्याडिसनवाट एमए तथा ओहायो स्टेट युनिभर्सिटीवाट विद्यावारिधि गरेकी थिइन् । उनको विशेषग्यता दक्षिण एशियाली तथा हिमालयन आर्टमा थियो ।


, , ,