निर्मला भण्डारीको तीज गीतले बजार पिट्दै (भिडियो सहित )


बाल्टिमोर, अमेरिका
 जुलाई २६ 

लोक गायिका निर्मला भण्डारीले यो पटक बजारमा ल्याएको तीज गीतले युटुबमा अपलोड गर्ने बित्तिकै बजार पिटेको छ | अपलोड गरेको केही घण्टा मै दशौँ हजार दर्शक पाएको छ |

गायिका निर्मल भण्डारीले बजारमा ल्याएको यो गीतको बोल 'नभने बुढाले ऋण लायो' भन्ने छ | यो गीतको म्युजिक भिडियोमा कलाकार भण्डारी आफै पनि खेलेकी छिन | शंकर बी.सीको निर्देशन, राजेश घिमिरेको छायांकन र नविन घर्ती मगरको सम्पादनमा तयार भएको भिडियोलाई आशिष म्युजिक प्रा.लीले बजारमा ल्याएको हो |

चर्चित लोक गायक भगवान भण्डारीको लय तथा शब्द संकलन रहेको यो तीज गित भर्खरै मात्र बजारमा आएको हो | यो गीतले विशुद्द रुपमा नेपाली चाड तीजको मर्म बोकेको गीत सुन्ने महिलाहरुले द नेपाल टुडेलाई बताए |

भगवान भण्डारी स्वर मात्र होइन लय तथा शब्द संकलनमा पनि उत्तिकै बेजोड मानिन्छन |

निर्मल भण्डारीले लामो समयपछि यो गीत बजारमा ल्याएकी हुन् |

, , , , ,