जिल्ला समन्वय समिति तनहुँको निर्वाचन प्रकिया अगाडि बढ्यो

प्रकाश अधिकारी -
नेपाल तनहुँ : जिल्ला समन्वय समिति तनहुँको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । यसक्रममा बिहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा मनोनय दर्ता गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले दिएको जानकारी काग्रेसको तर्फबाट अध्यक्षमा शान्तिरमण वाग्ले, उपाध्यक्षमा पवित्रा पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी काग्रेसका तर्फबाट सदस्यहरुमा निलबहादुर थापा , अर्जुनबहादुर अधिकारी, गलबहादुर गुरुङ, केशबहादुर सुनार , दिव्यश्वरी वि.क, सरस्वती गौतम र धनिमाया थापाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार एमालेको तर्फबाट अध्यक्ष कृष्णराज ढकालले अध्यक्षमा र उपाध्यक्षमा बसुन्धरा घर्तिले उम्मेदवारी दर्ता गराएका छन् ।त्यस्तै सदस्यहरुमा लक्ष्मी दवाडी, मिठुमाया गाइने, विष्णुमाया ढकाल , थमनबहादुर आले,मेखनारायण श्रेष्ठ, धर्मराज खनाल , धु्रवबहादुर नेपालीले सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै एनेकपा माओवादीबाट अध्यक्षमा गिरबहादुर बसेलले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रबाट सदस्यमा ठाकुर सिं थापा र राजेन्द्र भट्राई क्षेत्रीले सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

, ,