कुटुमा कुटु गीत लेख्न जंगल पसेका थिए राजनराज सिवाकोटी



१९ असार,२०७४  |


सुर्के थैली खै, पूर्व पश्चिम रेल जस्ता किर्तिमानी गीतका गायक, संगीतकार , रचनाकार राजनराज सिवाकोटी पछिल्लो समयमा मौलिक शब्द सहित नेपाली शैलीको गीतका कारण चर्चित छन् । लगभग डेढ दशकदेखि संगीत सिर्जना गर्दै आएका सिवाकोटीलाई सिनेमा छक्का पञ्जामा समावेश सुर्के थैलीले नाम दाम मात्रै दिएन राम्रो गीतकार, संगीतकार र गायककारको रुपमा आम दर्शक माझ चिनाउन पनि सफल भयो ।

तिनै सर्जक यतिबेला सिनेमा दुई रुपैयाँमा समावेश गीत कुटुमा कुटुबाट थप चर्चा आएका छन् । युट्युबमा सार्वजनिक भएको छोटो समयमै ७५ लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।

यसको शब्द, संगीत र स्वर उत्कृष्ट भएको दर्शकको प्रतिक्रिया पाइरहदा भने यसका सर्जक राजनराज सिवाकोटीले यस गीत लेख्दाको रमाइलो कुरा हामीसँग बाँडेका छन् । गायक, संगीतकार तथा रचनाकार सिवाकोटीले गीत लेख्न दोलखाको एउटा जंगलमा पसेको खुलाएका छन् । आखिर गीत लेख्नका लागि उनी किन जंगल पसे त ? थाहा पाउनका लागि हेर्नहोस् सर्जक राजनराज सिवाकोटीको रमाइलो अन्तर्वाता ।
साभार फर्सिनेटवर्क

, , , ,