प्रधानमन्त्री तथा सभापति देउवालाई कांग्रेस कार्यकर्ताको खुला पत्र


सम्माननिय प्रधानमन्त्रि दाजु शेर बहादुर देउवा जय नेपाल !

प्रजातन्त्र प्राप्तिको लागि अङ्गभङ्ग हुँदासम्म यातना सहेर चौथोपटक गणतन्त्र नेपालको प्रधानमन्त्री हुनुभएको तपाईं एक जबरजस्त युगपुरूष हुनुहुन्छ । राष्ट्र भरिकै वर्तमान काङ्ग्रेसको जस अपजस तपाईं पार्टी सभापतिले जिम्मा लिनु पर्छ।

 पहिलो पार्टी दोस्रो भयो

अख्तियार प्रमुख देखि प्रमुख न्यायाधीश हुँदै क्ष्न्ए प्रकरण देखि साझा सवाल सम्म पार्टी क्याडरहरूले बदनाम खेप्नुपरेको छ।
 ५ नम्बर प्रदेशलाई ४ नम्बरमा गाभ्ने र संबिधान संसोधन गर्ने प्रस्ताव यसमा मान्न तयार छैनन् , रा ज पा लाई समर्थनमा ल्याएर ५ नम्बरका पहाडी जिल्लालाई बहिर्गमन गर्दा यहाँ महा राजपा जन्मिने छ, कुराले मात्र पनि निर्वाचन परिणाम के भयो ?
भोलि आन्दोलन गर्नुपर्ने अवस्थामा कस्को नेत्तृत्वामा को पछि लाग्नुपर्ने अवस्था सिर्जना गर्न खोजेको हो , आज काङ्ग्रेसले तानसेन , बुटवल , भैरहवा, रेसुङ्गा जस्ता गढ सुम्पनु परेको छ। डडेलधुरा, दाङ, धरान, इटहरी जस्ता काङ्ग्रेसी अखडाबाट हात धुनुपरेको छ। मन दुख्दैनरु काङ्ग्रेसी पिटिएका छन्, चुनावको बुथ कब्जा गरिएका छन्, उमेदवार र एजेन्टले बुथ छोडेर हिडेका छन्, मतगणनामा समेत सहभागी नभएको अवस्था छन्, निर्वाचन आयोग र आयुक्तका कार्यालयमा निवेदन परेका छन् , कार्यान्वयन भएका छैनन् , जित्नेले कसरी जितेको छ र हामी कसरी दोस्रो भएका छौं जनता र काङ्ग्रेसले वि। पि वाद मात्र चाहेको रहेछ अरू होइन ।
रामचन्द्र पौडेलको कुरा किन नसुन्ने? के उनी पार्टीको शिर्ष नेता होइनन्? के महेश आचार्य अर्थमन्त्रीमा योग्य छैनन्? राष्ट्रले चिनेका ब्यक्तित्वलाई पाखा लगाएर नेपाली काङ्ग्रेसमा देउवावाद चल्दैन।
म तपाईं भन्दा ३ वर्षले कान्छो छु। स्व वि यु निर्वाचनमा युनिभर्सिटीमा तपाईंलाई भोट दिलाएको मान्छे हो, ने बि संघ प्रथम र दित्तिय महाधिवेशनमा पाल्पाबाट प्रतिनिधित्व गरेको मान्छे हो , नारायणगढको लिला होटलमा रामराजाप्रसाद सिंह प्रमुख अतिथि र सभाध्यक्ष बखान बाबाको सुरक्षार्थ खटिएको मान्छे हो , रामशरण महतको टाउको मण्डलले फुटाउंदा नारायणीको किनार चौपारीमा रगत थामेर काखमा लिने मान्छे हो , मजदुर आन्दोलनको नेत्रृत्व गरेर पक्राउ परि भैरहवा जेलमा सडेको मान्छे हूं , साक्षी बुझ्नुहोस् सधैं तपाईंको न्यानो माया पाउने हालका शिक्षामन्त्री गोपालमान श्रेष्ठ लगायतका ढुण्डिराज पौडेल समेतका १७ जना जसलाई कलेजो र ग्राष्टिर्क को अौषधी लिन सधैं म नै भिम हस्पिटल पुग्नु पर्थ्यो।
पाल्पा क्षेत्र नं १ को ०३६ साल जनमतसंग्रह र ०४६ सालको जनआन्दोलनको संयोजक हुं,हालका बहुदलीय बहुमतिय पार्टी २०३६ सालका निर्दलिय पहेँला रङ्गिहरूबाट भोगेको कुटाइ पिटाइ अभिषेक र पहिरन सायद नेपालकै पहिलो थियो , लगभग काठमाडौंमा गणेशमान सिंहको घटना भन्दा केही अघि कालो र रातो पहिरन मेरो राजनीतिको साहसिक यात्रामा सधैं सामान्य रह्यो ।
हाल म पुर्वखोला गाउँपालिकाको पार्टी संयोजक छु, पार्टीको यतिलामो इतिहास निर्माण गरेर आएं सुरु देखि हाल सम्म , पटनाबाट तरूण पुस्तक ओसार्ने काम देखि २०३६ सालको वि.पि बाबुको देश दौडाहामा सहभागी हुँदै हाल ०६२६३ को जनआन्दोलन पार गरि गणतन्त्र नेपालको एक पार्टी पहरेदारको रूपमा छु।
हालसम्म पार्टीको तर्फबाट एक बुंद सम्म पनि मेरो निजि पद र प्रतिष्ठाको लागि केही लिएको छैन, आफ्नै निजि मिहिनेत र पसिना बगाएर पार्टीको काम गरेको छु, पाल्पा सांसद हरि नेपाल, म, राजन पंथ, राम ज्ञवाली , प्रेमनाथ बस्याल , ठाकुर दाई, स्व। राम प्र। आत्रेय लगायतका साथिहरू पार्टी प्रति प्रतिबन्धित समयमा भगवतिध्वज राजलवटको अध्यक्षता गोप्य बैठक गरिन्थे।
ज्यादै दुख संग आर्जेको पार्टी आज चुनाव लड्दा झिनामसिना , टपरे, बिर्के , ओठारे पार्टी संग यलायन्स गर्नुपर्ने , पार्टीको अन्तरक्रिया पहिचान छोडेर आफ्नो पहिचान मात्र राख्न खोज्ने आफ्नो पार्टीको सल्लाह नमानेर अरू पार्टी संगको सल्लाह अनुसार कार्य गर्ने, पार्टीको आधारभुत निति चारतारा, समाजवाद छोडि लक्षभेदी सिकारी हुने पार्टी र देशको लागि नगरि आफ्ना नाता र मान्छेको लागि राजनिती गर्ने अन्य पार्टीले उनिहरू संग भासमा गाडेर आंफु बुई चढि माथि निस्कन खोजेको थाहा छ कि छैन? वृद्ध , एकल, अपांग, भत्ताको जस अरूले लिएर २०४९ सालमा रामशरण महत अमेरिका भ्रमणबाट आएपछी वृद्धभत्ताको निति निर्माण भयो तर लागू भएन । २०५१ सालमा सरकार परिवर्तन भए पछि वृद्दभत्ताको निति लागू भयो । तर जस काङ्ग्रेसले पाएन । त्यहिमात्र उसको प्रचारको मुखपृष्ठ बनेको छ। आखिर त्यो एकल पार्टीको निर्णय नभएर संसद्को बहुमतबाट पारित प्रस्ताव थियोे । काङ्ग्रेस , एमाले सबै सामेल थिए।
अब काङ्ग्रेसले युवाहरूलाई बेरोजगार भत्ताको ब्यवस्था गर्नेर नगर्ने रु अझ कति गिर्ने हो ? केही गर्न सल्लाह दिन्छु।

 बेरोजगार भत्ता ब्यवस्था गर्न
वृद्ध , अपांग , असहाय, टुहुरा भत्ता ब्यबस्था गर्ने र बृद्दि गर्ने
 सुकुम्बासीका लालपुर्जा वितरण गर्नेर बसोबास क्षेत्र कायम गरिएको ठाउँमा निश्चित मापदण्ड कायम गरि घरजग्गाको पुर्जा दिने
 बेरूजु रहेका पुराना रकमहरू सम्वन्धित सरोकारवालाहरू संगवाट असुल गर्ने र भ्रष्टाचारमुक्त देश निर्माण गर्ने
 निशुल्क तथा अनिवार्य शिक्षा लागू गर्ने
 राष्टिय तथा अन्र्तराष्टिय गैर सरकारी संस्थाहरूमा शशक्त सहभागी भई गराई पार्टी क्याडर हरूलाई सहभागी गराउने
 युवाहरूलाई विभिन्न जिम्मेवारीपुर्ण कार्य दिई आर्थिक ब्यवस्थापन गर्ने
पार्टी संचालनका लागि क्षेत्रगत रूपमा स्थायी रूपमा कार्यकर्ता परिचालन गर्ने
 ग्रामीण समस्या अध्ययन गरि सो को समाधानका लागि पार्टी समक्ष प्रस्तुत गर्ने
 ५ नम्बर प्रदेश यथावत कायम राख्ने
 मासिक प्रगति विवरण तदारुकताका साथ पठाउने
 कृषि , जल विधुत, जनताका दैनिक आवस्यकता आधारभुत बस्तुको उत्पादनार्थ साना तथा मझौला उधोग खोलि देश आत्मनिर्भर बनाउने
 गैह्र आवासिय तथा बैदेशिक लगानिबाट ठुला उधोग खोलि निकासी बृद्दि गर्ने
 भुक्षय , प्लटिङ जस्ता विकास कार्य असन्तुलित ल्याउने कार्य तुरून्त रोक्ने
 वैदेशिक रोजगारीको नाममा बढेको बिकृती, दलाली , शोषण र पारिवारिक रूपमा भित्रिएका विकृति हटाउने
 दुर्घटना न्युनिकरण गर्ने , यातायात सडक विस्तार , बैकल्पिक केबलकार, सुरूङमार्ग निर्माण गर्ने, सञ्चार, पत्रकारिता तथा सामाजिक संजालमा प्रदर्शन गरिने भाषा , तस्बिर र शैलिमा परिस्कृत र राष्टवादी देखिने बनाउने
 कुलमान घिसिङ जसले देश उज्यालो बनाउदैछ, म्याग्दी बासी महावीर पुन, सैनिक र सुरक्षा जवानहरू जस्ले आफुं मरेपनि देश र जनता बचाएको छ उनिहरूलाई पुस्तौं सम्म रहने वीरता निसाना ब्यवस्था गर्ने
 गाउँमा निर्वाचित र गैर निर्वाचित भए पनि प्रतिपक्ष हुने ब्यवस्था गरि निम्न क्षेत्रको विकास पारदर्शी ढंगबाट गर्ने
 ब्यावसायिक शिक्षा लागू गरि हरेक ब्यक्ति आत्मनिर्भर र स्वरोजगारी बनाउने
विश्वेश्वरप्रसाद कोइरालाबाट सिजिएको पार्टी , चारतारे झण्डा , प्रजातान्त्रिक समाजवादका आर्थिक र राजनैतिक सिद्धान्त गाउँ गाउँ र घर घरमा , परिवार परिवारमा मासिक तथा पाक्षिक पत्रपत्रिका (तरूण पत्रिका जस्ता) मुखपत्र देशब्यापी प्रसारण गरेमा नेपाली काङ्ग्रेसका विकास गर्ने कार्यनीति र झलकहरू, भविष्य नेपालका विकासका अवधारणाहरू यसैमा अन्तर्निहित छन्। तबमात्र राष्ट्रबासिले काङ्ग्रेसको पहिचान पाउनेछ ।

(कृष्ण प्रसाद शर्मा पाल्पाका बौद्धिक व्यक्तित्व हुनुहुन्छ | पाल्पा जिल्लाको पुर्बखोलामा लामो समयदेखि शिक्षण पेशामा संलग्न शर्मा नेपाली कांग्रेससंग आवद्ध हुनुहुन्छ |भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा सक्रिय रुपमा लाग्नु भएका शर्माले निर्वाचनपछि आफुलाई लागेका कुरा फेसबुक मार्फत सार्बजनिक गर्नुभएको थियो | हामीले फेसबुकबाट साभार गरेका हौँ | -सम्पादक )

, , ,