मेरिल्याण्ड च्याप्टरमा दुर्गा श्रेष्ठ सर्बसम्मत



जुलाई ११

एनआरएन अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्ष पदमा समाजसेवी दुर्गा प्रसाद श्रेष्ठ सर्बसम्मत रुपमा चयन हुने भएका छन  | अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका युवा सुरज अधिकारीले श्रेष्ठलाई समर्थन गर्दै अन्तिम समयमा उमेद्वारी नदिएपछि श्रेष्ठ सर्बसम्मत हुने भएका हुन् | सोही पदमा उमेद्वारी दिएका अर्का युवा महेन्द्र देशारले सचिव पदमा उमेद्वारी दिएका छन | मेरिल्याण्डमा अरु कसैले पनि उमेद्वारी नदिएको विश्वास गरिएको छ | केहि दिन मै निर्वाचन आयोगले श्रेष्ठलाई निर्बिरोध अध्यक्ष घोषणा गर्नेछ |

मेरिल्याण्डमा अन्य पदहरुमा धेरै आकांक्षीहरु नपाएपनि अध्यक्ष पदमा शुरुमा तीनजनाले उमेद्वारी घोषणा गरेका थिए | मनोनयन दर्ता गर्नुभन्दा एक दिन अगाडी भएको सर्बपक्षिय भेलाले सर्बसम्मत उमेद्वार चयन गर्ने प्रयास गरेको थियो | समाजसेवी तरुण पौडेलको पहलमा भएको अनौपचारिक भेलापछि युवा महेन्द्र देशारले आफु जुनसुकै पदमा बसेर काम गर्न तयार रहेको भन्दै उमेद्वारी घोषणा फिर्ता लिएका थिए | तर, सुरज अधिकारी र दुर्गा श्रेष्ठको भने त्यो दिन कुरा मिल्न सकेन |

मनोनयन दर्ता गर्ने दिन भएको दिनभरीको छलफलपछि सुरज अधिकारीले समाज एक गराउने पबित्र उद्देश्य भन्दै आफूले अध्यक्ष पदमा दुर्गाप्रसाद श्रेष्ठलाई समर्थन गर्ने र कुनै पनि पदमा उमेद्वार नबन्ने सार्बजनिक घोषणा गरेका थिए | सुरजको उक्त घोषणापछि मेरिल्याण्डको च्याप्टरमा सबै पदमा सर्बसम्मत हुने ढोका खुल्यो र मेरिल्याण्डबासीमा  खुशीयाली छायो |

मेरिल्याण्डबाट उपाध्यक्षमा अशोकजंग के.सी. सचिवमा महेन्द्र देशार, कोषाध्यक्षमा विष्णु बराल  र सदस्यमा भरत थापा र जगन्नाथ कोइरालाको उम्मेद्वारी परेको जानकारीमा आएको छ | उमेद्वारी मनोनयन सम्बन्धि अन्तिम र औपचारिक जानकारी आउन बाँकी नै छ |

सुरज अधिकारी











, ,