जापानमा तयार तिज गित


जापानमा तयार भयो यो बर्षको तिजमा झ्याम झ्याम नचाउने तिज गित ।

नेपाली महिलाहरुको महान पर्व हरीतालीका तिज नजिकिदै गर्दा बजार मा धेरै तिजका गितहरु आएका छन् ।

यसै बिचमा जापान मै रहेर  लेकसँगित क्षेत्रलाई माया गर्ने कलाकार द्धय यदुराम सापकोटा र सुर्य खड्काले यो बर्ष तिजमा नचाउने खालको गित लिएर आएका छन् । ४ जना कलाकार सुर्य खड्का, यदुराम सापकोटा, सन्ध्या बुढा,सिता श्रेष्ठको श्वरमा सजिएको गितमा शब्द यदुराम सापकोटाले लेखेका छन भने लय सुर्य खड्काले बनाएका छन् ।

त्यस्तै गितमा अभिनय जापान मै रहेकी सुजता ज्ञवालीले गरेकी छन् । गित सबै जापान मै तयार भएर बजारमा आईसकेको छ।

, , ,