"दर्पणछायाँ -२" का लागि हार्दिक धन्यबाद -नासो कम्युनिटी


नासो कम्युनिटी अमेरिकाको सहयोगार्थ नेपालका वरिष्ठ निर्देशक तुलसी घिमेरेद्वारा निर्देशित र अमेरिका कोलोराडो निवासी साबु गदाल कार्की र रबि कार्की निर्माता रहेको चर्चित चलचित्र "दर्पणछायाँ -२" को बाल्टिमोर प्रदर्शन सफलता पुर्बक सम्पन्न भएको छ |
समकालीन नेपाली सिनेमा परम्परालाई सांगीतिक लयमा "दर्पणछायाँ -२" मार्फत तुलसी घिमिरेले आफ्नो साख बचाउनु भएको छ | बदलिँदो नेपाली सिनेमाको बहसमा सामेल नभए पनि "दर्पणछायाँ -२" ले दर्शकहरुको मन र मस्तिष्कलाई छुने प्रयत्न गरेको छ | कथा, पात्र र अभिनयलाई औसत मानिए पनि चलचित्र अवधिभरि अभिनयले दर्शकलाई बाँध्न सफल छ | अमेरिकी पठन र रहन-सहनमा हुर्किए पनि चलचित्रलाई नयाँ नायिका साहारा कार्कीले 'होल्ड' गरेकी छन् | पहिलो पल्ट नायिकाको रुपमा यति ठुलो जिम्मेवारी सम्हालेकी सहाराको कार्य तारिफ योग्य छ | "दर्पणछायाँ -२" समुहलाई बधाई !!
जुलाई ९ तारिक साँझ ७ बजे भएको प्रदर्शनीमा आफ्ना ब्यस्त समयका बाबजुत पनि उपस्थित भइदिनु हुने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं | निर्माता साबु गदाल कार्की र रबि कार्कीलाई चलचित्र उपलब्ध गराउनु भएकोमा विशेष धन्यबाद दिन चाहन्छौं | चलचित्र उपलब्ध देखि संयोजनकारी भूमिका निर्वाहा गर्नु हुने नासोका सचिब अर्जुन बगाले र सदस्य पविता परियारलाई पनि धन्यबाद ज्ञापन गर्दछौं | प्रदर्शनमा उपस्थित भइ सफल बनाउन सहयोग निम्न व्यक्तित्वहरु प्रति आभार प्रकट गर्दछौं |
- रबिना थापा- एनआरएन अमेरिका उपाध्यक्ष तथा अध्यक्ष उम्मेदवार, अनुशिया वन्त- अध्यक्ष-बाना, दुर्गा बहादुर श्रेष्ठ-एनआरएन मेरील्याण्ड च्याप्टर नवनिर्वाचित अध्यक्ष, धर्म बिश्वकर्मा- संस्थापक अध्यक्ष नासो, प्रकाश नेपाल-उपाध्यक्ष,अनेसास, राजेन्द्र सेन्चुरी- मेरील्याण्ड च्याप्टर अध्यक्ष,जनसम्पर्क समिति, कुल गुरुङ-कास्की समाज, समाजसेवी नारायण थापा, रविलाल सुनार, कलाकार ध्रुव वन्त, सतिस चापागाईं-सम्पादक, द नेपाल टुडे, गौतम दाहाल सम्पादक,ग्लोबलनेपाल.कम, सिर्जन ताम्राकार-मेरिल्यान्ड़का हामीनेपाली संजाल, इनेपलिज.कम, मेघा बस्नेत प्रधान, एमडी नेपाल | प्रदर्शनमा नआए पनि टिकट काटेर सहयोग गर्नु हुने सबै प्रति हामी आभारी छौं |

, , , ,