मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा दुई दिने बिबिध कार्यक्रम हुने


बाल्टिमोर, अमेरिका
जुलाई २७

अमेरिकाको  मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा दुई दिने गृष्मकालिन पारिवारिक मनोरञ्जनात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ | यहि शनिबार र आईतबारका दिन उक्त मेला हुन लागिरहेको मेला आयोजक मध्येका एक सृजन ताम्राकारले द नेपाल टुडेलाई बताउनु भयो |

 'नेपाल अमेरिकन कल्चरल सेन्टर' को आयोजनामा पहिलो पटक यो कार्यक्रम हुन गैइरहेको छ | निर्माणाधीन 'हिन्दु बुद्ध मन्दिर' को विशेष सहयोगार्थ बाल्टिमोर मेरिल्याण्ड राज्यमा कार्यक्रम हुनेछ | कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कल्चर सेन्टरका शालिक वाग्लेले बताउनु भयो |

"हामी युवाहरु कम्मर कसेर लागेका छौं | यो कार्यक्रमले सबैलाई उर्जा थप्ने विश्वास लिएका छौं |" एक युवा क्रिस उप्रेतीले भन्नुभयो |

"समरमा सबैलाई एकै ठाउँमा ल्याएर रमाइलो गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो" -मन्दिरका अगुवा मध्येका एक क्रिस घिमिरेले भन्नुभयो | "रमाइलोसंगै केहि बौद्धिक कार्यक्रम पनि गर्दैछौं |" डा. श्याम कार्कीले बताउनु भयो |

"कार्यक्रमलाई भब्य र सफल बनाउनका लागि यस मेरिल्याण्ड, डि.सी., भर्जिनिया, पेन्सलभेनिया लगायत यस वरपर रहनुभएका सम्पुर्ण नेपाली परिवारहरु, विभिन्न स्थानीय नेपाली सामाजिक संघसंस्था तथा संगठनहरु, व्यावसायिक संस्थाहरु, जिम्मेवार निकायका प्रतिनिधिहरु, बिद्यार्थी, ब्यबसायी लगायत सम्पुर्ण नेपाली दाजुभाइ, दिदिबहिनी, आमाबुबा, बुद्धिजीवी तथा शुभचिन्तक महानुभावहरुलाई हामी हृदयदेखि नै सक्दो साथ, सहयोग र सहभागिताको लागि हामी हार्दिक अपिल गर्दछौं ।" नेपाल अमेरिकन कल्चरल सेन्टरद्वारा जारी बिज्ञप्तिमा भनिएको छ |

कार्यक्रममा बालबालिकाहरुका लागी आकर्षक खेल प्रतियोगिताहरु रहने छन् | बिभिन्न खेलकुद प्रतियोगिता गरेर दुई दिनलाई भब्य र सभ्य बनाईने आयोजकले जनाएको छ | झन्डै एक दर्जन भन्दा बढी टीमले भलिवल खेलको लागी आवेदन दिएको पनि बुझिएको छ |

कार्यक्रमको अर्को आकर्षणका रुपमा यो बर्ष हाईस्कुल र त्यो भन्दा माथिका कक्षाबाट ग्र्याजुएशन गरेका बिद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ | बिद्यार्थीहरुलाई आफ्नै अभिभावकको साथमा उपस्थित भएर सम्मान ग्रहण गर्ने व्यवस्था मिलाईएको बिक्रम पोखरेलले बताउनु भयो |

कार्यक्रम हुने स्थान र मिति बारे आयोजकले दिएको जानकारी :
कार्यक्रम: "1ST NACC SUMMER FAMILY FUN FESTIVAL - 2017"
स्थान: 12231 Harford Rd Glen Arm, Maryland 21057
मिति: जुलाई २९ र ३० तारीख (शनिबार र आइतबार)

, , ,