भुवन रोका "मित्रजी" गजल

भुवन रोका "मित्रजी"

गजल
-----
प्रकृतिले घाम दियो छहारी दियो
संसार चलाउन पुरुष र नारी दियो

जनावर र पशुपंक्षिको सुन्दर पक्ष
सायद नष्ट गर्न क्रुर सिकारी दियो

दिन र रात जस्तै सुख र दुख पनि
कतै उजाडता कतै फूलबारी दियो

जीवन चल्न जल जमिन जंगल छ
कै'ले प्रलयको भयले पछारी दियो

श्रृंगार र असल गुण सबै नारीलाई
पुरुषलाई केबल दाह्रीले टारी दियो
हाल जापान

,