‘मेरो डान्स कप युएसए’ को निर्णायकमा केकी


काठमाडौँ, १४ असार ।

अमेरिकामा आयोजना हुने लागेको मेरो डान्स कप युएसए २०१७ सिजन २ को निर्णायकमा नायिका केकी अधिकारीलाई छनौट गरिएको छ ।

आयोजकले दिएको जानकारी अनुसार, एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताका निर्णायकहरूमा नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहेका थिए । एमडिसी नामबाट परिचित यो कार्यक्रम गत अप्रिल २८ देखि सुरु भएको हो ।

निर्णायक मध्येका प्रमुख निर्णायक नायक दिलिप रायमाझी नेपाली फिल्ममा व्यस्त भएका कारण उनको ठाउँमा नायिका केकी अधिकारीलाई नियुक्त गरिएको हो । नायिका केकी अधिकारी जुलाईको पहिलो हप्तामा अमेरिका पुग्नेछिन् ।उनी नेपालबाट नभई बेलायतबाट अमेरिका पुग्ने आयोजकले जानकारी दिएको छ ।

मेरो डान्स कप युएसए २०१७ को कार्यक्रम तालिका अनुसार, शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनौट हुनेछन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको नाम घोषणा गरिने बताइएको छ । ग्रान्ड फिनाले भने अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुनेछ ।

, , ,