गायक रामप्रसाद खनाल १२ संस्थाबाट अभिनन्दित



काठमाडौं। नेपालको गीत संगीत र साहित्यमा पुर्याएको योगदानको कदर गर्दै गायक रामप्रसाद खनाललाई विभिन्न १२ वटा संस्थाले अभिनन्दन गरेका छन् ।

अन्तराष्ट्रिय कलाकार मंचकका केन्द्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अमेरिका वाशिंगटन डि सी मेट्रो कमिटीका अध्यक्ष खनाललाई काठमाडौंमा सम्मान गरिएको हो |

कार्यक्रममा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, अनेसासकी सल्लाहकार माया ठकुरी, महिला गितकार संघकी अध्यक्ष उन्नति बोहरा ‘शिला’ कलाकार मञ्चका अध्यक्ष शिवहरि पौडेल, कलाकार किरण केसी, संगीतकार शम्भुजित बासकोटालगायतको उपस्थिति थियो ।

खनालले प्राप्त सम्मानले आफू अझै जिम्मेवारी बढाएको भन्दै नेपाली कला र साहित्यको श्रीबृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गरे |


"१२ वटा प्रतिष्ठित संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल , डा. हर्षबहादुर बुढामगर स्मृती, प्रतिष्ठान, गुन्जन, अन्तर्राष्ट्रिय कलाकार मन्च नेपाल शाखा, महिला गीतकार संघ, वनिता त्रैमासिक, नारी स्वर, नारी साहित्य प्रतिष्ठान, महिला सन्चार समुह, गोधुली साहित्य प्रतिष्ठान, जलेरिका साहित्य सेवा, नेपाल पत्रकार मन्चले राजधानीमा मेरो सम्मान /अभिनन्दन गरेर मलाई ठूलो भार वोकाउनु भएको छ । सबै आयोजक संस्थाहरु प्रति म हार्दिक आभार प्रकट गर्दछु ।" सम्मान ग्रहण पछि खनालले फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएका छन् |

कलाकार तथा पत्रकार खनाल लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् | यो तीजमा मौलिक तिज गीत ल्याउने योजना सहित उनि अहिले नेपालमा छन् |


, , , , , ,