जापानमा एक नेपाली युवाको सडक दुर्घटनामा निधन


अध्ययनका लागि जापान आएका एक नेपाली युवाको सडक दुर्घटनामा परि निधन भएको छ ।

प्राप्त जानकारी अनुसार जापानको गुन्माकेनमा बस्दै आएका हृदयस जिसी नाम गरेका बर्ष ३१ का नेपाली युवाको सडक दुर्घटनामा परि निधन भएको खवर आएको छ |

हिजो सडक दुर्घटनामा परि गम्भिर घाइते भएका जिसीको उपचारको क्रममा आज निधन भएको हो ।

नेपाल नवलपरासी जिल्ला घर भएका उनि गुम्वाकेनको ओईजिमुमाची भन्ने ठाउँमा बस्दै आएका थिए ।

विद्यार्थीका रुपमा जापान आएका उनि हाल भने शरणार्थीमा आवेदन दिएर बस्दै आएको बुझिएको छ |
प्राप्त थप जानकारी अनुसार जिसीले गत बर्ष मात्र नेपाल गएर विवाह गरेका थिए । हाल उनको श्रीमती नेपालमै छिन् ।

, , ,