अस्ट्रेलिया को सिड्नीमा पहिलो पटक बनेको तीज गीत एस्तो छ!




"पद्छु भनि सपना बोकी अस्ट्रेलिया आए

विदेश आइ मै छोरिले सारै दुख पाए"
एस गीत अनिता सुबेदीले लेखेकी हुन् भने मंजु पौडेल स्वर रहेको छ र खुमन अधिकारी को लय छ. गीतमा मोडेलको रुपमा कुन्ती लिम्भु र पवित्रा प्रस्तुत भएका छन्. यसैगरी नमित ठकुरी र बिजय थापा ले निर्देसन गरेका छन्.
गीतकार अनिता सुबेदी ले भनिन, "गीत मा मैले बिदेशीएका नेपालीहरुको मनका बेथा लाई गीतमार्फत प्रस्थुत गरेकी छु. आशा छ सबै बिदेशिएका नेपाली दिदीबैनी र उहाहरुको परिवारहरुले मन पारिदिनु हुने छ."
गीतकार सुबेदी पनि बिद्धार्थी भिसा मा अस्ट्रेलिया आएकी हुन् र संघर्ष गरेर पढी हाल रजिस्टर नर्स को कम गर्दै छिन्. गीतकार सुबेदीले भनिन," आफु अस्ट्रेलिया ६ वर्ष अगाडी आएको र आएदेखि नेपाल जान नपाएको कुरा बताएकी छिन्. उनीले गीत मार्फत पढाई खर्च पुराउनु पर्ने कारणले येस्पली पनि तीज मा स्वदेस जान नपाएको कुरा आमा लाई संदेश पठाएकी छिन्.

,