ग़ज़ल अर्जुन 'दृष्टि' पौड़ेल


ग़ज़ल
अर्जुन 'दृष्टि' पौड़ेल


प्रेमलाई आफ्नै धैर्यता आफ्नै अठोटसंग तुलना गरियो
जुनदिन देखि तिमीलाई दिलको चोटसंग तुलना गरियो

कसैले पनि बुझ्न सकेन यहाँ अध्यारोको सौन्दर्यलाइ
सधै सधै उसलाई उज्यालोको खोटसंग तुलना गरियो

हेर हाम्रो प्रजातन्त्रले हामीलाई नै कति सस्तो बनाएछ
मान्छेको जिन्दगी केवल एउटा भोटसँग तुलना गरियो

कसलाई बनायौ अनि धान्यौ तिमीले, केहि हिसाब हुन्न
फूलको सुन्दरतालाइ कहिले पो बोटसंग तुलना गरियो ?

भिराला लाग्दैनन् अचेल तारे भिरहरु , तारे पहराहरु
जब तिनलाई आफ्नै जीवनको बनोटसंग तुलना गरियो

पोखरा 
हाल:- जापान
(प्रकासन्मुख ग़ज़ल संग्रह "दृष्टि" बाट)


, , ,