बाल्टिमाेरमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

 मेरिल्याण्ड अगस्त ११, बाल्टिमाेर एसाेसिएसन अफ नेप्लिज इन अमेरीका (बाना), लायन्स क्लव अफ बाल्टिमाेर नेप्लिज तथा मेरिल्याण्ड स्कुल अफ ब्लाइन्ड काे संयुक्त अायाेजनामा मेरील्यान्डकाे बाल्टिमाेरमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको क्लव तथा बानाले मानविय सेवा गर्ने उदेश्यले बाल्टिमाेर तथा अासपासमा रहेका बिभिन्न ब्यक्ति तथा संघसस्थाहरुकाे हरुको सहयोगमा यहि अगस्त २० तारिक अाइतबारमा दिन स्वास्थ्य शिविर संचालन गर्न लागेको जनाएको   शिविरमा मेरिल्यान्डका बिभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुकाे सहभागिता रहने   
            निशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण हुनुको साथै रगत परिक्षणमा मधुमेय, रक्तचाप, इकोग्राम (मुटु धड्कन जाच) आदि ईत्यादी निशुल्क हुने l बिशेष गरि बिमा नभएका ,बृद्ध ,नेपाल बाट भ्रमण तथा भेटघाटमा अमेरिका आएका बुवाआमा आदिले समेतलाई यसले समेट्ने बानाका अध्यक्ष अनु श्रेष्ठ वन्तले नेपाल टुडेलाइ बताउनु भयाे  l बानाका पूर्व अध्यक्ष तथा निशुल्क स्वास्थ्य शिबिर का संयोजक विजय श्रेष्ठले मेरिल्यान्ड तथा भर्जिनियाबासि नेपाली समुदायले लाभ उठाउन भन्ने हेतुले शिविर संचालनमा ल्याइएको बताउनु भयाे l श्रेष्ठले अाइतवारको निशुल्क स्वास्थ्य शिवीरमा उपस्थीत भई स्वास्थ्य लाभ लिनुहुन सबैमा आग्रह गर्नुभएकाे   शिविर निम्न स्थान समयमा हुनेछ  

स्थान: The Maryland School for The Blind, 
          3501 Taylor Ave, Nottingham MD 21236
मिति:  August 20, 2017 Sunday

समय: 9:00 AM to 2:00PM

, , , , , , , ,