उपाध्यक्ष उमेद्वार हरिशचन्द्र हमालका योजना



एनआरएन अमेरिकाको उपाध्यक्ष पदमा उठेका हरिश चन्द्र हमाल चर्चित सामाजिक व्यक्तित्व हुन् । हमालको उपस्थितिले एनआरएन अमेरिकालाई नया उचाईमा पुर्याउने निश्चित छ ।

अमेरिकाका विभिन्न राज्यहरुमा रहेका राज्य कमिटिहरु र त्यहाँ खुलेका सामाजिक संस्थाहरुका बीच समन्वय गरेर अघि बढ्ने हमालको उद्देश्य छ । साथै नेपालीहरुको बाक्लो बसाई रहेका शहरहरुमा कम्युनिटी सेन्टर स्थापना गर्ने पनि उनको योजना भित्र पर्दछ ।

सुलभ रुपमा सदस्यता वितरण गर्ने र सदस्यहरुलाई बिभिन्न किसिमका सुबिधा प्रदान गर्ने काममा आफु लाग्ने हमालले बताए ।

 एन आर एन अमेरिकाको आफ्नै आकष्मिक कोष संचालन गर्ने आफ्नो उद्देश्य रहेको हमालको प्रतिबद्दता पत्रमा उल्लेख छ ।

हेल्थ इन्सुरेन्स नभएका र आम्दानी कम भएका परिवारलाइ निशुल्क बिमाको बारेमा पहल सकिने र आफुले त्यो काम सजिलै गर्न सक्ने हमालले बताए ।

, , ,