प्रवासी नेपालीहरुको बिचार र भावनाको प्रतिनिधित्व गर्दै अमेरीकाबाट खड्काको आईसिसि मेम्बरमा उम्मेदवारी  


अमेरीका एनआरएन– एनसिसि अमेरीकाको बृहत्तर हितलाई आत्मसाथ गर्दै आगामी दिनमा संस्थालाई अन्तराष्ट्रिय अभियानको रुपमा संस्थागत गर्दै सबैको पहुंच र स्वामित्व हुनेगरी अगाडी बढाउनु पर्छ भन्ने मान्यता राख्ने वर्तमान कार्यसमितिका सचिव शंकर खड्काले पनि एनआरएन अमेरीकाबाट आइसिसि ९गैर आवाशिय नेपाली संघ, अन्तर्राष्ट्रीय समन्वय समिती० क्ष्ऋऋ सदस्यमा उम्मेदवारी दिएका छन् । 


हक्की र प्रष्ट स्वभावका खड्काले अमेरीकामा रहेका प्रवासी नेपालीहरुको बिचार र भावनाको प्रतिनिधित्व गर्दै एनआरएन आइसिसि प्रतिनिधिका रुपमा उम्मेदवारी दिएको जानकारी दिए । आइसिसि सदस्यको प्रत्यासी रहेका खड्काले किन उम्मेदवारी दिए त रु उनि भन्छन्– ‘अरुलाई सहयोग गर्ने र समाजको लागि केहि गर्नुपर्छ भन्ने मेरो सानैदेखिको बानीले गर्दा यो अवस्थामा आइपुगेको छु । अहिलेसम्म मैले आफ्नो लागि भन्दापनि समाज र संस्थाकों भलाइको लागि काम गर्दै आएको छु । 

म जहिल्यै पनि सत्यतथ्यमा आधारित विषयलाईमात्रै अगाडी बढाउछु । यसकारणले पनि संस्थामा मेरो छुट्टै पहिचान बनेको छ ।’ एनआरएन स्थापनाको झण्डै दशक वित्न लाग्दापनि एनसिसि र आइसिसिविच रहेको खाडल पुर्न र एनसिसिमा अहिले देखिएका समस्याको समाधान गर्नपनि उम्मेदवारी दिएको खड्काले बताए । उनि भन्छन्– ‘विश्वभरी छरिएर रहेका झण्डै ५० लाख नेपालीहरुलाई एउटै मञ्चमा समेट्न सकियो भने नेपालको समृद्धी धेरै टाढा छैन र प्रवासी नेपाली जहाँ–जहाँ छन् त्यहाँपनि सम्मानजनक स्थान ओगट्न सफल हुनेछन् । यसका लागि समन्वयकारी भूमिका खेल्न म सदैव तत्पर रहनेछु ।’ नेपालमा पनि थुप्रै समाजसेवाका कार्य गर्दै आइरहेका उनले अझैपनि आवश्यकताको आधारमा सहयोग गरिरहने प्रतिवद्धता जनाएका छन् । उनले रामेछापका केहि विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्नुका साथै र छात्रवृत्तिसमेत दिनुका साथै २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण विस्थापित भएकालाई पनि ठूलो मात्रामा सहयोग जुटाई वितरण गरेका थिए । 

केहिसमय अगाडी मात्रै खड्काले जलदेवी मावि खनियापानी रामेछाप र सेती देबी मावि सिन्धुपलान्चोकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । खड्कासँग नेपालमा रहँदा पर्यटन व्यवसाय संचालन गरेको एक दशक भन्दा बढीको अनुभव छ । उनले नेपालमा पर्यटनको पनि ठूलो संभावना देखेका छन् । नेपालको विकास र समृद्धिको लागि प्रवासी नेपालीलाई पर्यटनसँग जोड्न सके ठूलो उपलब्धि हासिल गर्न सकिने खड्काले बताए । उनि भन्छन्– ‘मैले अमेरीका आउनु अगाडी नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्धन गर्नुपर्छ भन्ने उदेश्यले पर्यटन व्यवसाय संचालन गरेको थिएँ । नेपालको पर्यटन विकासमा अझैपनि मेरो सक्रियता रहन्छ र यसको प्रवद्धनमा म जहाँ रहेपनि पहल गरिरहने छु ।’

विद्यार्थी राजनीतिदेखी लिएर नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रमा पनि रहेर आफ्नो जिम्मेवारी पुरा गरेका खड्काले प्रवासी नेपाली र नेपालको हितका जस्तोसुकै कठिन परिस्थितिमा पनि काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले कसैसँगपनि आग्रह वा पूर्वाग्रह नरहेको भन्दै सबैसँग हातेमालो गर्दै अगाडी बढ्ने बताए । खड्काले निर्वाचनको माहोलअनुरुप डा। केशव पौडेलको समुहवाट आफुले उम्मेदवारी दिएपनि अन्य सवै समुहले पनि समर्थन गरिरहेको बताए । अहिलेको निर्वाचनमा सवै समुहको पूर्ण साथ समर्थन रहेका कारण आइसिसि सदस्यामा आफ्नो जित निश्चित भएको उनले बताए । अमेरीकाभर रहेका प्रवासी नेपालीहरुको पूर्ण साथ सहयोग र समर्थनले आगमी निर्वाचनमा आइसिसि सदस्यमा आफ्नो विजय देखेका खड्काले सवैलाई मतदानमा सहभागी हुन र सहयोग गर्न अनुरोध गरेका छन् ।