एनआरएनए जापानको सदस्यका उम्मेदवार हस्त लामाको उमेद्वारी घोषणा


एन आर एन ए जापानको आगामी (२०१७-२०१९) का लागि सदस्य पदमा हस्त लामाले उमेद्वारी घोषणा गरेका छन् ।
विगत १० बर्ष भन्दा अगाढी बाट जापानलाई बिद्यार्थी हुँदै कर्मभूमि बनाएका लामा अहिले नेपाली मुलका जापानी नागरिक हुन । बिद्यार्थी जीवन देखिनै निकै मिलनसार र सहयोगी रहेको कुरा उनका समकालिन साथीहरु बताउछन हाल उनि जापानी भाषा स्कुलमा कार्यरत छन् ।

क्युशु क्षेत्र अत्यधिक नेपाली बिद्यार्थी बसोबास गर्ने ठाउँको रुपमा टोक्यो पछि दोस्रो नम्बरमा आउँछ ।उनले आफुले काम गर्ने स्कुलका बिद्यार्थी मात्रै नभई हरेक विद्यार्थीले ल्याएका समस्यालाइ समाधानको बाटो खोजिदिने काम गर्छन।
बिद्यार्थी मात्रै हैन अहिले फुकुओका क्षेत्रका नाम चलेका संस्थाहरुको नेतृत्व गरिसकेका र व्यवसायी रुपमा आफ्नो ठाउँ बनाइसकेका धेरैलाई उनले सहयोग गरेका छन।

सधै पर्दा पछाडी रहेर काम गर्न रुचाउने उनि अब भने खुलेरै नेपाल र नेपालीको हितका लागि काम गर्न चाहेको र यसका लागि एन आर एन ए मा रहेर काम गर्दा अझ प्रभावकारी हुने आशाले आफुले उम्मेद्वारी दिन लागेको कुरा फुकुओका नेपाल डट न्युज लाइ जानकारी दिए ।

यस पटक क्युश्युमा बनेको एनआरएनए सदस्य संख्या हेर्ने हो भने अबको एनआएएनए जापानको चुनाबमा क्युशु निर्णायक हुने कुरा धेरैले अड्कल गरेका छन्। यसै बिचमा उनलाइ क्युशुबाशीको पूर्ण सहयोग र समर्थन रहनुका साथै अन्य क्षेत्र बाट पनि उनलाई सहयोग र समर्थन रहने कुरा जानकारी आएको छ ।

अब हुने एन आर एन ए जापानको निर्बाचनमा आँफुलाई अत्याधिक मत दिइ सदस्य पदमा जिताउनको लागि जापानबासि सबैसंग उनले हार्दिक अपिल पनि गरेका छन् साथै उनले सदस्य पद जितेमा एन आर एन ए को मूल्य र मान्यता लाइ आत्मा साथ् गर्दै नेपाली र नेपालको लागि काम गर्ने र एन आर एन ए को पहुँच नपुगेको ठाउँमा एन आर एन ए लाइ चिनाउने काम गर्ने प्रतिबद्धता पनि ब्यत्त गरेका छन् ।

, , , , ,