किन झर्किए रामप्रसाद खनाल (भिडियो सहित)


चर्चित लोक गायक तथा संचारकर्मी रामप्रसाद खनालले यो बर्ष तीजको गीत लिएर नेपाली स्रोता तथा दर्शक माझ आएका छन । 'मेरा बुढा झर्के' बोलको यो गीतले नेपाली स्रोता तथा दर्शकलाई तीजको असली गीतको झल्को दिनेछ । 

यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भईसकेको छ । अहिले यो गीत नेपाल मात्र होइन विदेशमा पनि अति नै हीट भएको छ । 

"राम्रो हुन्छ र स्रोता दर्शकले मन पराउनु हुन्छ भन्ने त मलाई पहिल्यै थियो तर मैले सोचेभन्दा बढी माया पाएको छु । फेसबुकमा उहाँहरुले शेयर गरेको देख्दा सार्है खुशी लागेको छ ।" गायक रामप्रसाद खनालले भने ।

 "दर्शक स्रोताहरुको माया, हेराइ, लाइक, कम्मेन्ट, शेयरले गर्दा यस बर्षको मेरो तीज गीतले सुपरहिट हुने मौका पायो । बिभिन्न एकाउन्टमा गरेर सात लाख पटक यो गीत हेरिसकिएको छ " खनालको भनाई छ ।

यो गीतमा गायक खनाल र गायिका मन्जु पौडेलको स्वर छ । यसको शब्द तथा लय संकलन गायक रामप्रसाद खनालले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा खनाल र पौडेलका साथमा हाँस्य कलाकारहरु शिवहरी पौडेल, किरण के.सी 'राता मकै' र दीपाश्री निरौला, मनोज आचार्य, अनुशा पौडेल, रितु कंडेल, शंकर बिसी, सुस्मा खनाल, नबिन पौडेल, इश्वरी भुसाल लगायतले अभिनय गरेका छन् ।
  
"यस बर्षको तीज अमेरिकादेखी संसार भर हुँदै नेपालसम्म मौलिक तीज हुने छ मलाई पूर्ण विश्वाश छ ।" खनालले भने ।


भिडियो हेर्न यहाँ क्लिक गर्नुस

, , , , ,