बाढीपीडितका लागी नेजाको हार्दिक अपिल




जन्मभूमी नेपालमा अहिले भारी बर्षातका कारण आएको बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएकोमा नेपाल अमेरिका पत्रकार संघ, नेजा गहिरो
दुःख व्यक्त गर्दछ ।

अहिलेसम्म ३० जनाको मृत्यु भैसकेको र हजारौ प्रभावित रहेकोले थप क्षति हुन नदिन नेपाल सरकार र राज्यका सवै निकायहरूलाई सम्वेदनशील वनि क्षतिग्रत क्षेत्रका जनताको उद्वारमा यथासक्य कदमको अपेक्षा गर्दछौं । प्राकृतिक विपत्तिको यस घडीमा सामान्य अवस्थाम भन्दा बढी संवेदनशील भई सूचना संप्रेषण गरिदिन नेपालस्थित सम्पूर्ण सञ्चारकर्मी मित्र एबंआमसञ्चारमाध्यमहरूलाई नेपाल पत्रकार महॉसंघले गरेको अपिलप्रति नेजा एैक्यवद्वता जनाउन चाहन्छ ।

यस्तो बिपतको समयमा अमेरिकामा रहेका नेपाली र नेपालसग संवन्धित संघ संस्थाहरुलाई सहयोगका हातहरु अगाडि बढाउन पनि नेजा आह्वान गर्दछ ।

 भोला आचार्य
अध्यक्ष, नेपाल अमेरिका पत्रकार संघ, नेजा

, ,