'बा' (गजल)

'बा'
-बिमन किराँती 

 क्षितिज पारीबाट सम्झना पठाको'छू बा तिम्रो यादमा,
 जिन्दगीलाई तिम्रो कथा सुनाको'छू बा तिम्रो यादमा ।।

हरेक मौसम हरेक  पल  तिम्लाई सम्झिएर यता ,
आदर्शको साथ खोज्न छट्पटाको'छू बा तिम्रो यादमा ।।

जिन्दगीका बॉझा जोत्ने तिम्रा ति हिम्मतहरूले ,
खुराक बनाई अॉत भिजाको'छू बा तिम्रो यादमा ।।।

मेरो खुशी किन्न  सधै आफ्नै खुशी बेच्यौ तिमीले,
तिम्रै आशीष बिछ्याएर निधाको' छू बा तिम्रो यादमा ।।।

खुसिहरू अस्थायी हून संघर्ष हो बॉच्ने कला भन्ने ,
तिम्रै शिक्षा मस्तिष्कलाई बोकाको'छू बा तिम्रो यादमा ।।।
हाल जापान


, ,