निर्मला भण्डारीको 'गाईँ गुईँ गर्छन् साराले' बजारमा (भिडियो सहित)


गायिका निर्मला भण्डारीको लोक दोहोरी गीत 'गाईँ गुईँ गर्छन् साराले' बजारमा आएको छ । रामजी खाँड र निर्मला भण्डारीको स्वर रहेको यो गीतको शब्द रामजी खाँडको र लय भगवान भण्डारीको रहेको छ ।

मिठो स्वरकी धनि निर्मला भण्डारीले अमेरिकाबाट नेपाल पुगेर यो गीत रेकर्ड गरेकी थिइन् । एक महिना अगाडी भन्डारीको तीजको गीत सार्बजनिक भएको थियो । उक्त गीत र म्युजिक भिडियो नेपाली दर्शक स्रोताले अत्यधिक रुचाईदिनु भएको गायिका भण्डारीले द नेपाल टुडेसंग भन्नुभयो ।

यो गीतले पनि उत्तिकै माया पाउने कुरामा आफु ढुक्क रहेको गायिका भण्डारीले बताईन ।

यो गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रा.लीले बजारमा ल्याएको हो । यसको निर्देशन शंकर बि.सी.ले गरेका छन् ।
भिडियो हेर्नुहोस

, , ,