आदिवासी जनजाति चलचित्र महोत्सव न्यूयोर्कमा सम्पन्न


नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०१७ न्यूयोर्कमा सम्पन्न भएको छ ।  । २३ औं  विश्व आदिवासी दिवसको सन्दर्भमा, नेपाल आदिवासी जनजाति महासंघ  अमेरिका फिप्नाले पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव’ आयोजना गरेको हो ।

तीन दिनसम्म चलेको महोत्सवमा मगर भाषाको  कला र संस्कृतिमा आधारित चलचित्र लोम्वाले, नेपाल आदिवासी उत्कृष्ट चलचित्र अवार्ड–२०१७ हात पारेको छ । लोम्बाले, उत्कृष्ट चलचित्रको अवार्डसँगै एक लाख नगद र प्रमाण पत्र प्राप्त गरेको छ । नेपाल आदिवासी जनजाति चलचित्र अवार्ड जित्न सफल भएको हो । उत्कृष्ट चलचित्रका लागि लोम्वा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही नोमिनेशनमा परेका थिए । नोमिनेशनमा परेका अन्य चार वटा चलचित्रहरुलाई पछि पार्दै लोम्वाले अवार्ड हात पार्न सफल भएको हो । उत्कृष्ट चलचित्र अवार्ड फिप्नाका अध्यक्ष लुईसाङ डब्लु तामाङ र एनआरएन–अमेरिकाका उपाध्यक्ष रविना थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने अवार्ड ग्रहण मगर संघ अमेरिकाका अध्यक्ष कुलद्वीप रानामगरले ग्रहण गरेका थिए ।

महोत्सवमा विभिन्न भाषामा बनाइएका ११ वटा चलचित्र प्रदर्शन गरिनुका साथै विभिन्न ११ वटा विधामा उत्कृष्ट हुनेलाई  certificate n तथा ट्रफि प्रदान गरिएको हो । महोत्सवमा गुरुङ भाषाको ‘मैंरिमो, तामाङ भाषी चलचित्र ‘सेम ताबा म्ही,  लिम्बु भाषाको ‘हेलुक्वा, मगर भाषाको ‘लोम्बा, नेवारी चलचित्र ‘कृषा गौतमी’ राई भाषाको ‘सुम्निमा,  र मुस्ताङी चलचित्र ‘शेरढाक’ चलचित्र प्रर्दशन गरिएको महोत्सवक मिडिया संयोजक मच्छे गुरुङले जानकारी दिनुभयो ।

यसैगरी, लघु चलचित्रहरु नेवारको ‘कल्ली’ राक्ष् भाषको पुवालो, र  मुगालको ‘फेके’, को प्रर्दशन गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट नायकको उपाधी मुस्ताङ भाषाको चलचित्र शेरढाकका नायक छेवाङ रिञ्जिङ गुरुङले प्राप्त गरेका छन् । नोमिनेशनमा गुरु परेका मैरिमोका गमन घले, कृष्णा गौतमीका कर्मा शाख्य,  र लोम्बाका जनक बुढामगरलाई पछि पार्दै गुरुङले उत्कृष्ट नायकको उपाधी उचाल्न सफल भएको हो । त्यस्तै, उत्कृष्ट नायिकाको उपाधी गुरुङ भाषाको चलचित्र मैरिमोकी नायिका सपना गुरुङले जितेकी छिन् । मैरिमोसहित सेम तावा म्हीबाट सुष्मा थिङ, कृष्णा गौतमीबाट मेलिना मानन्धर, हेलुक्वाबाट पुष्पा आङदेङवे र सुम्निमाबाट प्यारी राई उत्कृष्ट नायिकाको लागि नोमिनेशनमा परेका थिए ।

महोत्सवमा उत्कृष्ट कथाको उपाधी राइ भाषाको चलचित्र सुम्निमाका  प्रविण पुमालाई प्रदान गरिएको छ । लोम्वाबाट अनिल बुढा मगर, सेम तावा म्हीबाट राजकुमार मोक्तान, शेर ढाकबाट छिरिङ रिञ्जिङ गुरुङ र कृष्णागौतमीबाट रामकृष्ण खड्गी, यो अवार्डका लागि नोमिनेशनमा परेका थिए ।

त्यस्तै तामाङ भाषी चलचित्र सेम तावा म्हीका राजकुमार मोक्तानले उत्कृष्ट संगीतक निर्देशको उपाधी आफनो पोल्टामा पारेको छ ।  लिम्बु भाषको चलचित्र हेलुक्वाका गुरु आत्मानन्द लिङदेन, मैरिमोका तेजेन्द्र गुरुङ, सुम्निमाका बलराम समाल र कृष्णा गौतमीका रामकृष्ण खड्गीलाई पछि पार्दै उत्कृष्ट संगीत निर्देशकको उपाधी हात पार्न सफल भएका हुन् ।
महोत्सवमा उत्कृष्ट छायांकनको उपाधी भने सेम तावा म्हीले हात पारेको छ । उपाधीका लागि सुम्निमाका युवराज राई, लोम्वाका जनक–शम्भु र कृष्णा गौतमीका रवि सायमी पनि नोमिनेशनमा परेका थिए ।

यसैबीच, उत्कृष्ट सम्पादनको उपाधी कृष्णा गौतमीका बालकृष्ण बंशीले हात पारेको छ । कृष्णा गौतमीसहित मैरिमो र सेम तावा म्ही यो उपाधीका लागि नोमिनेशनमा परेका थिए ।

त्यस्तै उत्कृष्ट भेषभुषातर्फ, उपाधी लोम्वाका अनिल बुढा मगरले प्राप्त गरेका थिए । लोम्वासँगै, सुम्निमा, सेम तवा म्ही, कृष्णा गौतमी र हेलुक्वा उत्कृक्ष् भेषभुषाका लागि नोमिनेशनमा परेका थिए ।

यसैगरी, उत्कृष्ट चलचित्र निर्देशकको उपाधी पनि लोम्वाका अनिल बुढा मगरले नै प्राप्त गरेका छन । मैरिमो, हेलुक्वा, सेम तावा म्ही र कृष्णा गौतमीलाई पछि पार्दै यो उपाधी हात पारेका हुन् ।

पब्लिक च्याईस अवार्ड सेम तावा म्हीले पाएको छ । उत्कृष्ट छोटो चलचित्रको उपाधी भने पुवालोले जितेको छ । यो उपाधीका लागि फेके र कल्ली नोमिनेशनमा परेका थिए |

महोत्सव शुक्रबार न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसमा  विशेष समारोहकाबीच समुद्घघाटन गरि शुरु गरिएको थियो । राज्य र मुलधारबाट सिमान्तकृत नेपालका आदिवासी चलचित्रहरु मार्फत आदिवासी जनजातिको, कला, भाषा, संस्कृति परम्परालाई संवद्र्धन गर्न, आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै अन्तर्रा्ष्ट्रियस्तरमा प्रबद्र्धदनका लागि महोत्सव आयोजना गरिएको महोस्सव संयोजक भच्छे गुरुङले जानकारी दिएको छ ।

महोत्सवले नेपालका आदिवासी जनजातिको हक अधिकार  सवाललाई उजागर गर्दै पहिचानको मुद्धालाई स्थापित गर्न भइरहेको जनजातिको आन्दोलनलाई सघाउ पुग्न फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताउनुभएको छ । अध्यक्ष वाइवाले भवियष्समा पनि यस्ता महोत्सव आयोजना गदैैै जाने जानकारी दिनुभयो । उहाँले, फिप्नाका सबै जातिय सदस्य संस्थाहरु लगायत सम्पूर्ण चलचित्रकर्मी, सहभागी सबैलाई महोत्सव सफल बनाउन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।   यसैबीच, चलचित्र उपाधी वितरण गर्दा धाँधली भएको भन्दै केही चलचित्रकर्मीले कार्यक्रम स्थलमा नै विरोध गरेका थिए । समापन समारोह बिनिता तामाङ र प्रहन एलुङ राइले सत्तचालन गरेका थिए । विभिन्न स्थानिय कलाकारले हामी आदिवासी जस्ता गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

चलचित्र महासंघ ९फिन्फी० र ईन्डिजिनियस फिल्मस् अकाईभ ९आईफा०  सह–आयोजक  रहेको महोत्सवमा  नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र  नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्थाको रुपमा रहेको फिप्नाले जनाएको छ ।





, , ,