सिर्जना बिरहीले दश बर्षपछि ल्याइन नयाँ गीत


नेपाली लोकदोहोरीकी चर्चित गायिका सिर्जना बिरही थापाको तीज गीत 'नाचेरै ल्याउने हो नम्बर' बजारमा आएको छ । युटुबबाट सार्बजनिक भएको यो गीत फेसबुकमा धेरै  नै शेयर भईरहेको र नेपालका एफ.एम रेडियोहरुमा बजिरहेको अनि अन्लाईनहरुमा पनि पोस्ट भईरहेको थापाले द नेपाल टुडेलाई बताउनु भयो ।

लामो समयदेखि लोकदोहोरी गीतमा सिर्जना विरहीको नयाँ गीत सुन्न पाईएको थिएन । दश बर्षपछि थापाले फेरी गीत रेकर्ड गराउनु भएको छ । यो तीज गीतमा शब्द, लय  र स्वर स्वयम् सिर्जना बिरही कै छ ।

अमेरिकाको न्युयोर्कमा रेकर्ड भएको यो गीतको म्युजिक भिडियो बाल्टिमोर शहरमा छायांकन गरिएको हो भने सम्पादन नेपालमा भएको हो । बाल्टिमोरका महिलाहरुले बिना तामझाम नृत्य गर्नु भएको छ । यसैलाई यो गीतको म्युजिक भिडियो बनाईएको छ ।

शब्दहरु मार्मिक छन् र हरेक दिदिबहिनिका जीवन बोलेका छन् । तीज गीतमा तीजको गन्ध हराईसकेको वर्तमान अवस्थामा मगमग बास्ना आउने यो गीतले एकातिर नेपाली मौलिक संस्कृतिको सम्बर्दनमा एउटा ईट्टा थपेको छ भने अर्कोतिर रत्यौली शैलीका गीत निकाल्नेहरुलाई झापड दिएको छ ।

सिर्जना बिरही थापाले बाल्टिमोरकी समाजसेवी महिला सावी थापासंग मिलेर यो गीत ल्याउनु भएको हो ।

यस गीतमा सिर्जना विरही थापा, माधुरी चापागाई, निलिशा गौतम, अस्मीता कोइराला, कृषा कार्की, सुष्मा केसी, सुभद्रा खत्री, कल्पना कार्की र अन्य दर्जन बढि कलाकारहरुको अभियन रहेको गायिका थापाले जानकारी दिनुभयो ।

गायिका थापाले योसंगै 'छुट्टी दिइनन बज्यैले' बोलको अर्को गीत पनि सार्बजनिक गर्नुभएको छ । यो गीतमा बरिष्ठ कलाकार नारायण रायमाझीले लय दिनुभएको छ भने शब्द र स्वर सिर्जना बिरही थापाको छ ।

भिडियो हेर्न लागि तलको लिंक क्लिक गर्नुहोस:

, , , , , , , , , , ,