सानफ्रान्सीस्कोमा आयोजीत स्वास्थ्य शिविरमा डा. पौडेलद्धारा स्वास्थ्य सेवा प्रदान

क्यालिफोर्निया – एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेल क्यालीफोर्नियाको सानफ्रान्सीस्कोमा आयोजना गरिएको स्वास्थ्य शिबिरमा सहभागी भएर स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ ।
एनआरएन अमेरीकाको आगामी अध्यक्षका प्रत्यासी समेत रहेका डा. पौडेलले नेपाली जन सम्पर्क समिती अमेरीका नर्दन क्यालिफोर्नीया च्याप्टरले आयोजना गरेको बनभोज सहितको स्वास्थ्य शिबिरमा सेवा प्रदान गर्नुभएको हो ।बनभोज सहित स्वास्थ्य शिबिर आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै डा. पौडेलले आफुले स्वास्थ्य शिविरमा सहभागीता जनाई सेवा प्रदान गर्न पाएकोमा खुसी समेत व्यक्त गर्नुभएको थियो ।आसन्न एनआरएन अमेरीकाको निर्वाचनका बिषयमा शनिवार टेक्सासको डालसमा सम्पन्न अध्यक्षका उम्मेद्धारहरुबीचको बहस पछि डा. पौडेल जन सम्पर्क समिती नर्दन क्यालिफोर्नीया च्याप्टरले आयोजना गरेको बजभोज कार्यक्रममा सहभागी हुन आइतबार सानफ्रान्सीस्को पुग्नुभएको हो ।