जापानबाट बाढीपिडितलाई सहयोग


धादिन्ग समाज जापानले हालसालै नेपालमा गएको बाढीपिडितको कारण बिचल्लीमा परेका परिवारको सहयोगको लागि राहत रकम पठाएको छ।

बुधबार एक कार्यक्रम का बिच समाजका अध्यक्ष कृष्ण प्रसाद खनाल, उपाध्यक्ष श्याम तिम्सिना, महासचिव दिनेश लोहनी, सचिव बिमल श्रेष्ठ, कोषाध्यक्ष राम सिंखडा र सदस्य रघु भन्डारीको संयुक्त उपस्थितीमा संस्थाद्वारा संकलित रकम एक लाख आठ हज़ार नेपाली  रुपैयाँ सिनओओकुबोस्थित ईजिलिन्क रेमिट्यान्सको कार्यालयबाट न्युज २४ को ख़ातामा पठाईएको हो।

बिभिन्न समयमा देश मा बिपत् या स्वदेश बिदेशमा नेपालीलाई परेको समस्यामा सहयोगी बन्दै आएको धादिन्ग समाज जापानले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिईरहने संस्थाका महासचिब श्री दिनेश लोहनीले जानकारी दिनुभयो।