बाढी पहिरो पिडितलाई सहयोग गर्न एनआरएन अमेरिकाको अनुरोध


एनआरएन अमेरिकाले नेपालका बाढी पहिरो पिडितलाई सहयोग गर्न सार्बजनिक अपील गरेको छ । अध्यक्ष केशव पौडेलद्वारा आजै जारी सार्बजनिक अपिलमा "एन आर एन अमेरिकाले आबश्यक आर्थिक र भौतिक सहयोग गर्न आबश्यक कदम चालिसकेको र यो विपतमा तत्काल सहयोगको लागि आर्थिक श्रोत जुटाउन आबश्यक प्रकृया चालिसकेको छ। हिमाल, पहाड र तराईमा आएको यो आपतमा तत्काल राहत उपलब्ध गराउन सबै प्रवासी आमाबुवा दिदीबहिनी तथा दाजुभाईहरूलाई एन आर एन अमेरिकाले आर्थिक श्रोत जुटाउने प्रकृयामा सहयोग र सकृय सहभागिता जनाई दिन हुन सबैलाई सविनय अनुरोध गर्दछु।" भनिएको छ ।

साथै एनआरएन अमेरिकाका सचिव शंकर खड्काले पेपल अकाउन्ट सार्बजनिक गर्दै सहयोग गर्न आधिकारिक पेज मार्फत सूचना जारी समेत गर्नु भएको छ ।
लिंक र प्रेस बिज्ञप्ति यस प्रकार छ:
 सहयोगको लागी यहाँ क्लिक गर्नुस

सहयोगको लागि अपिल:
आदरणीय अमेरिकाबासी नेपाली बुवाआमा, 
दाजुभाई तथा दिदीबहिनीहरु,
सादर नमस्कार !
नेपालका विभिन्न स्थान, विशेष गरेर पूर्वी क्षेत्रमा आएको भारी वर्षाको कारण बाढी र पहिरोले धेरै धनजनको नोक्सानी भएको छ। तीन दर्जन भन्दा बढी हाम्रा आफन्तहरूले ज्यान गुमाउनु भएको छ र कयौं हाम्रा आफन्तहरू बेपत्ता भएका छन्। कति घाईते भएका छन्। करोडौंको सार्वजनिक सम्पति र व्यक्तिगत सम्पति क्षति भएका छन्। हजारौं हाम्रा आफन्तहरू प्रभावित भएका छन्। हवाई मार्ग, स्थल मार्ग र सरकारी कार्यालयहरू बन्द भएका छन्। मातृभूमिको यो आपतमा हामी प्रवासमा बसेका सबै प्रवासीहरू हाम्रा आफन्तहरूको साथमा रहेको विश्वास दिलाउन चाहन्छु। जन्मभूमिको यो असैह्य वेदना र पीडामा हामी पनि हरतरहको सहयोग गर्न तयार रहेका छौं। यसका लागि एन आर एन अमेरिकाले आबश्यक आर्थिक र भौतिक सहयोग गर्न आबश्यक कदम चालिसकेको र यो विपतमा तत्काल सहयोगको लागि आर्थिक श्रोत जुटाउन आबश्यक प्रकृया चालिसकेको छ। हिमाल, पहाड र तराईमा आएको यो आपतमा तत्काल राहत उपलब्ध गराउन सबै प्रवासी आमाबुवा दिदीबहिनी तथा दाजुभाईहरूलाई एन आर एन अमेरिकाले आर्थिक श्रोत जुटाउने प्रकृयामा सहयोग र सकृय सहभागिता जनाई दिन हुन सबैलाई सविनय अनुरोध गर्दछु। रकम जुटाउने विधि तयार भएपछि यहाँहरूलाई आर्थिक सहयोगको लागि छुट्टै सूचना गराईनेछ।

भवदिय,
डा केशव पौडेल 
अध्यक्ष 
एनआरएनए अमेरिका



, , ,