तिम्रा हरेक बानी मन पर्छ मलाई (भिडियो सहित)

युवा साहित्यकार पिताम्बर चापागाईं (पदमपानी)का धेरै परिचय छन् । लामो समयदेखि जापानमा रहेका चापागाईं जापानका नेपाली माझ युवा समाजसेवीका रुपमा चिनिन्छन र, उनी चर्चित साहित्यकार पनि हुन् ।

साहित्य मै पनि उनी गजल, कविता र गीतका विधामा कलम चलाउछन । उनको गजल सङ्ग्रह क्रमश आफ्नै मुटु फाटेपछि (२०६२)  र मुक्तक सङ्ग्रह मान्छे भित्र मान्छे र (२०६८) सालमा प्रकाशित भै सकेका छन ।  उनको आधुनिक गीत बजारमा आउने तयारीमा छ ।


यिनै साहित्यकारको नयाँ लोक गीत अहिले बजारमा आएको छ ।

पिताम्बर चापागाईं (पदम्पानी)को शब्द संकलन र सुर्य खड्काको लय रहेको यो गीतमा सुर्य खड्का र सुनितामी परियारले स्वर दिएका छन् । 'यो जुनिमा माया' शिर्षक रहेको यो लोक गीतलाई नयाँ धारको लोक गीतका रुपमा लिईएको छ ।

गीतको केहि शब्द यस्तो छ:
कसले गर्छ नचाहिदो हल्ला 
तिमीबिना यो धड्कन के चल्ला 
यो जुनीमा माया त कल्ले गर्छ मलाई 
चाहे गाली गर तिमी, चाहे नबोल रिसाउ 
तिम्रा हरेक बानी मन पर्छ मलाई ...।

गुराँस फिल्मस् ले यो गीतको उत्पादन तथा वितरणको जिम्मा लिएको छ । युटुबमा राखिएको यो गीतको म्युजिक भिडियोका भ्युअर्स अहिले दिनदिनै बढिरहेका छन् ।

भिडियो हेर्न क्लिक गर्नुस :

, , , , ,