अमेरिकामा उदाउदै गएको एउटा नेताको नाम हो सुनिल शाह


एनआरएन अमेरिकामा उदाउदै गएको एउटा नेताको नाम हो सुनिल शाह । शाह अहिले एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा उमेद्वार छन् । टेक्सासको डल्लास शहरमा बसोबास गर्दै आएका शाह पेशाले आईटि ईन्जिनियर हुन् । नेपालमा हुँदादेखि हालसम्म उनी सामाजिक सधै सामाजिक काममा सक्रिय हुदै आएको उनका नजिकका साथीभाई बताउछन ।

नेपालको जनकपुरमा जन्मिएका उनको बाल्यकाल जनकपुरमा युवा अवस्था काठमाडौँमा बित्यो । ईञ्जिनियरिङ्ग सकेर नेपाल मै सक्रिय शाह मास्टर्स डिग्रीका लागि अमेरिका आएका हुन् । अमेरिकाको फ्लोरिडास्थित प्रतिष्ठित कलेजबाट मास्टर्स डिग्री गरेका शाहले अहिले आईटी ईन्जिनियरका रुपमा काम गर्दछन ।

एनआरएन अमेरिकामा स्थापनकालदेखि नै सक्रिय शाह अघिल्लो कार्यसमितिमा सल्लाहकारका रुपमा क्रियाशील थिए । त्यसअघि पनि शाह आईसिसि र एनसिसिका विभिन्न टास्क फोर्स र कमिटीमा रहेर काम गरिसकेका छन् । आफुलाई दिएको जिम्मेवारी जसरी पनि समय मै पुरा गर्ने उनको बानीले एनआरएनका नेतृत्वहरु उनलाई सधै केहि न केहि जिम्मेवारी दिन मन पराउथे । अघिल्लो पुस्ताको माया र प्राप्त जिम्मेवारीलाई अवसरका रुपमा प्रयोग गर्ने शाहलाई कार्य समितिको महत्वपूर्ण जिम्मेवारीमा बस्न सबैको अनुरोध थियो । त्यसैले शाह यो निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा अगाडी आएका हुन् ।

यतीबेला एनआरएन अमेरिकालाई बुझेका सबैले भन्दछन की शाह यो निर्वाचनका एक भद्र, मिजासिला र संस्थाका लागि काम लाग्ने महत्वपूर्ण उमेद्वार हुन् । बिद्यार्थी जीवनदेखि नै राजनीतिक चेतना र सामाजिक भावना भएका शाह यो उमेद्वारीले एनआरएन अमेरिकाले वर्तमानमा एउटा दह्रो खम्बा पाएको छ भने भविष्यका लागि एउटा कुशल नेतृत्व पनि ।

बरिष्ठ उपाध्यक्षमा उठ्दै र चुनाबी प्रचारप्रसार गर्दै गर्दा शाहका धेरै ठुला ठुला सपना छैनन् । उनी सामान्य कुरा गर्दछन । उनका केही योजना छन् जो आवश्य हुन् र पुरा गर्न सकिन्छन । उनका थुप्रै बुदे एजेन्डा छैनन् । उनको एजेन्डा भनेकै गर्न सकिने र गर्नै पर्ने कामहरु यो दुई बर्षमा गरिसक्ने ।

द नेपाल टुडेले फोनबार्ताका क्रममा शाहसंग छोटो एउटा प्रश्न गर्यो -के के हुन् त ती कामहरु ?

शाहले भने - "म ब्रिजको काम गर्छु । सर्बसाधारणका धेरै चाहना नै छैनन् । उनीहरुको चाहना भनेको सजिलोसंग सदस्य बन्न पाइयोस भन्ने छ । सदस्य बन्न मन लाग्यो भने अनेक झन्झट छन् । सदस्य बनेपछि भेरीफिकशनको झन्झट छ । यी सबै झन्झटबाट मुक्त बनाउने छु किनकि यो मेरो फिल्ड हो । वेब साईटलाई अहिलेको अवस्थाबाट सुधारेर अटोमेटेड बनाउछु ।"

संस्था कै कुरा गर्दा १५ वटा राज्य कमिटि २६ भएका छन् तर एन सिसि संगको सम्बन्ध र कार्यगत एकता स्पष्ट छैन । यो बिषयमा शाहले स्पष्ट नीति र गाईड लाईन बनाएर अमेरिकाभरीका राज्य समितिहरुसंग कोअर्डीनेट गर्ने र आपसमा स्वस्थ बाताबरण बनाउने सोच उनको छ ।

शाह नेपालमा लगानी गर्ने क्षमता र सोच भएका ब्यक्ती पनि हुन् । उनले एक दुई प्रयास गरेका पनि हुन् । शाह भन्छन -"नेपाली नीति नियम लगानी फ्रेन्ड्ली छैन । धेरै पैसा लैजान पनि पाईदैन र कमाएको पैसा ल्याउन पनि स्पष्ट नियम छैन । म नियमका यी ग्यापका बारेमा आवाज उठाउछु र लबिङ्ग गर्छु । जसले गर्दा नेपालमा लगानी भित्रिनेछ भने सक्नेले ढुक्क भएर लगानी गर्न पाउने छ ।"

चुनावी कार्यक्रम अन्तर्गत अमेरिकाका एक दर्जन भन्दा बढी राज्यहरुमा पुगिसकेका शाह आफ्नो बिजयप्रती ढुक्क छन् । "समाजमा केहि गर्नुपर्छ भन्ने भावनाले नै सबैको उमेद्वारी परेको हो । मैले जितेपछि हारेका साथीहरुको सम्मान गर्दै उहाँहरुलाई पनि उचित स्थानमा राखिने र उचित जिम्मेवारी दिईने छ ।" शाहले भने ।

नेपालमा आईपर्ने बिभिन्न किसिमका समस्यामा स्वतस्फुर्त सामाजिक सहयोग गर्दै आईरहेका सुनिल शाह अब देखिएर एनआरएन अमेरिकामा सक्रिय पदमा बसेर सक्रिय हुन खोज्दै छन् । समय, साधन, स्रोत र मन भएका यी युवाले अवसर पाएमा साधारण सदस्यको भावना अनुरुप काम गर्न सक्ने देखिन्छ । सुनिल जस्ता युवा एनआर एनमा सक्रिय हुन् खोज्नु राम्रो कुरा हो । साथै, यस्ता युवाको जोशलाई होस्टेमा हैसे गर्नु सदस्यहरुको कर्तब्य पनि हो ।

, , ,