नासो कम्युनिटीको समर पिकनिक सम्पन्न



नासो कम्युनिटीले आयोजना गरेको यो बर्षको समर पिकनिक सम्पन्न भएको छ ।

मेरिल्यान्डको रमणीय स्थान स्यान्डी पोइन्ट पार्कमा यो पिकनिक भएको थियो । पिकनिकमा बिबिध खेलहरु खेलाएर उपस्थित सबैलाई मनोरंजन प्रदान गरिएको थियो ।

कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोमा नासोले सबै उपस्थितहरुलाई धन्यवाद ब्यक्त गरेको छ

नासो द्वारा जारी बिज्ञप्ति यसप्रकार छ :

नासो कम्युनिटी अमेरिकाले सामुदायिक एकता र भेटघाटका लागि हरेक वर्ष आयोजना गर्ने "समर पिकनिक एवं भेटघाट कार्यक्रम" अगष्ट १३ तारिक आइतबारका दिन सम्पन्न भएको छ । यस कार्यक्रममा वाशिंगटन डी.सी., भर्जिनिया र मेरिल्याण्ड वसोवास गर्नहुने विभिन्न संघ संस्थाकाको प्रतिनिधि, मिडियाकर्मी र व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा औपचारिक कार्यक्रम पनि भएको थियो । नेपालबाट आउनु भएकी पी.डी.आर.सीको अध्यक्ष कमल हेमचुरी, गैर-आवासीय नेपाल संघ अमेरिकाका उपाध्यक्ष रबिना थापा, जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय उपाध्यक्ष सी.पी. पौडेल र नासो कम्युनिटी अमेरिका संस्थापक अध्यक्ष धर्म विश्वकर्माले कर्यक्रममा मन्तव्य राख्नु भएको थियो ।
यस कार्यक्रममा उपस्थित भइदिनु हुने सबै प्रति नासो कम्युनिटी अमेरिका कृतज्ञता व्यक्त गर्दछ । आगामी दिनमा नासोले आयोजना गर्ने कार्यक्रमहरुमा यहाँहरुको यस्तै साथ् र सहयोग अपेक्षा गर्दै हामी निम्न व्यक्तित्वहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।
कमल हेमचुरी-पी.डी.आर.सी नेपाल , अध्यक्ष 
डि.बि सागर विश्वकर्मा- ICDR 
रबिना थापा-गैर-आवासीय नेपाल संघ अमेरिका,उपाध्यक्ष
सी.पी. पौडेल - जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय, उपाध्यक्ष 
अनु वन्त- बाना, अध्यक्ष 
सुबोध पन्त- बाना, उपाध्यक्ष 
कृष्ण सोब, नारायण थापा, दुर्गा बहादुर श्रेष्ठ 
तरुण पौडेल 
सतिश चापागाईं- द नेपाल टुडे 
शिव मल्ल -द नेपाल टुडे 
गौतम दाहाल- ग्लोबनेपाल.कम 
विश्वथापा- इनेपलिज.कम 
खेम भट्टचन- डीसीनेपाल.कम
लगायत सम्पूर्ण आमा वुबा, दाजुभाइ, दिदी बहिनी र साना नानी बाबुहरु सबै प्रति हार्दिक आभार ।








, ,