ए पानी ! -दिप पाठक (कबिता)

ए पानी!


दिप पाठक 

ए पानी!
तिमी सिधै नहिडेर आफ्नो बाटो,
नपुगेर आफ्नै गन्तव्य,
भुलेर आफ्नै परिचय
किन बन्नु पर्छ तिमीलाई वाढी
किन यसरी पस्नु पर्छ अरूको घर?
किन वगाउँनु पर्छ प्यारा आँखाका नानीहरू,
र किन बगाउँनुपर्छ तिमीले,
मान्छेले आफ्नै कुर्कुच्चा खियाएर बनायको
जिन्दगी ओत्ने छानो??
ए पानी कीन???

सपनाका जुनकिरीहरू छिर्ने छानो,
बगरमा पुगेपछी,
आगनमा ताराबाजी लै-लै गर्ने
साना कोपीला जस्तै आँखाका नानीहरू
बगरमा पुगेपछी
हरेक दिन लिप-पोत गर्ने हातहरू
मझेरी र भित्तो सँगै उप्कीयर
बगरमा पुगेपछी
पुरै घर बगरमा पुगेपछी
एउटा बाचेको मुटुपनी
टुक्रा-टुक्रा पारेर छरिदीन मन छ बगरमा,
र भगवानलाई भन्न छ
भगवान ज़िन्दगीभर रून पुग्ने आशु देऊ
जवकी तिनै आशुले प्यासका अम्खोराहरू भरेर
सिञ्चीत गर्नु सकु बगरको छाती
र म मर्नु पहिले बगरमै फुलाउँन सकु
स्मृतीका दुईटा फुल!
तिनै बाचेका फुलहरूले
कोपिलामै चुडिएका आँखाका नानीहरू
जस्को आत्मालाई शान्ती दिन सकुन।।

बाग्लुङ्ग
हाल जापान


, , ,