लम्जुङ दोर्दिखोला-१ जल बिद्युतको अग्राधिकार शेयर खुल्ला


सिइडिबी हाइड्रो फन्डद्वारा संचालित दोर्दिखोला-१ जल बिद्युत कम्पनि लिमिटेडले सर्बसाधारणका लागी अग्राधिकार शेयर खरिद खुल्ला गरेको छ ।

लम्जुङ जिल्लाको हाल दोर्दी गाउपालिका (साबिकको ढोडेनी, फलेनी, बन्सार गाबिस )मा निर्माणाधिन १२ मेगावाट रहेको दोर्दिखोला -१ जल बिद्युत आयोजनाले हालसम्म सिभिल कन्टक्सनको काम निर्माणाधीन स्थल जग्गा खरिद गर्ने बाटो बनाउने, कामदार एब कर्मचारी आबास गृह बनाइसकेको साथै सुरुङ्ग मार्ग निर्माण लगाएत ड्याम निर्माणका लागी ठेक्कपट्टा दिइसकेको  छ ।

तिन कन्टक्सनलाइ छुट्टाछुट्टै काम गर्न टेण्डर कन्ट्र्याक्टस दिइ बाइस महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता गरेको छ । यस दोर्दी खोला जलबिद्युत कम्पनीले सानिमा बैक लि. को अगुवाइमा कृषि बिकास बैक लि., कैलाश बिकास बैक लि. लक्ष्मी बैक लि. यति बिकास बैकहरुबाट फाइनान्सियल क्लोजर (ऋण सम्झौता ) साथै नेपाल बिद्युत प्राधिकरण संग पि.पि.ए.( बिधुत खरिद बिक्रि सम्झौता ) भै २०७६ मंसिर १६ गते प्रोजेक्ट सम्पन्न गरि हस्तान्तरण गर्ने सम्झौता गरिसकेको यस कम्पनिले सर्बसाधारणका लागी अग्राधिकार शेयर बिक्रि आबह्वन गरेको छ ।

क्लिन इनर्जी डेभलपमेन्ट बैंकबाट संचालित यस जल बिद्युत कम्पनीले  प्रतिमेगावाट उन्नाइस करोड लागतका दरले १२ मेगावाट २ अर्ब २९ करोड लागतमा परियोजना सम्पन्न हुने छ । यस सिइडिबी हाइड्रो फन्टले हालसम्म राधी जल बिद्युत ४ मेगावाट, खुदी जलविद्युत ४.४ मेगावाट, सागे जल बिद्युत १८३ किलोवाट निर्माण कार्य समयमै सम्पन्न गरेको अनुभब रहेको यस फन्टको अध्यक्ष अनिल कुमार रुङ्गटा (अमेरिकाको क्यालिफोर्नियामा बित्तीय क्षेत्रमा अध्ययन गरि १४ बर्षसम्म क्यालिफोर्नियाको एक बैकमा सिनियर पोस्टमा जागिर गरि ) हाल नेपालमा बिभिन्न उधोग ब्यबसायमा सफल ब्यबसायीको पहिचान दिन सफल हुनुहुन्छ ।

त्यस्तै , यसको प्रबन्ध सन्चालकमा बिनय राज भण्डारी ( बुटवल पावर कम्पनिको सिनियर इन्जिनियर भै काम गरेको ) यस जल बिद्युत क्षेत्रमा चौबिस बर्षको अनुभब रहेको छ । अन्य सन्चालकहरुमा बर्षा श्रेष्ठ ( नेपालमै पहिलो महिला बैक महाप्रबन्धक ) बैकिङ क्षेत्रमा तिस बर्षको अनुभब रहि आएको छ साथै उत्तम भ्लो लामा पुर्बाधार निर्माण परियोजना ब्यबस्थापन, लघुबित्त, ग्रामीण पर्यटन दिगो हिमाली अर्थतन्त्रका क्षेत्रमा एक दशकको अनुभब युवा उद्यम, रमेश नेपाल ब्यबस्थापन र प्रबिधिको क्षेत्रमा तिस बर्ष बढिको अनुभब रहेको छ भने अर्का एक सन्चालक प्रोजेक्ट निर्माणाधिन जिल्ला लम्जुङबासी हरिकान्त खनाल चालिस बर्षदेखी प्राध्यापक रहि आउनु भएको छ ।

यस कम्पनीले हाल खुलेको अग्राधिकार शेयर प्रोजेक्ट पुरा नहुदासम्म बार्षिक ७.५% बोनस दिने र जल बिद्युत निर्माण कार्य पुरा भएपछी आइपिओमा जानुभन्दा अघि ७.५% का दरले जम्मा हुनेलाइ बोनस शेयरमा थपी सस्थापक सेयरमा रुपान्तरण गरिदिने घोषणा गरेको छ ।

 "हामी केहि समय देखी सर्बसाधारणका लागी अग्राधिकार सेयर जानकारिका लागी हामी नेपालका प्रमुख शहरहरु, राजधानी एब राजधानी बाहिर पोखरा नारायणगण, बुटवल, नेपालगन्ज, धनगढि, बिराटनगर, धरान, धनकुटामा अन्तर्कृया सम्पन्न गरिसकेका छौ । सम्बृद्ध क्षेत्रबाट राम्रै उपस्तिथि र सकारात्मक सुझाब आइ हरेका छन । ब्यबसायिक क्षेत्रका लागी सुरक्षित लगानी रहेकोले नेपालको पानी हाम्रै लगानीका लागि यसले ठुलै अबसर दिएकोले यसमा लगानीकर्ताहरु छोटो समयमै चालिस करोड रकम लगानि जम्मा भै सकेको छ ।"  कम्पनिका इन्भेस्टमेन्ट मार्केटिङ एडभाइजर्स पाण्डब पौडेल बताउनु हुन्छ ।

न्युनतम एक लाखदेखी अधिकतम पाँच करोडसम्म शेयर लगानी गर्न अबसर रहेकोले ब्याबसायिक कृषि पेशा गर्दै आएका देखी कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, वकिल पत्रकार, ब्यापारी देखी बिभिन्न पेशामा आवद्ध बैदेशिक रोजगारिमा आवद्ध ब्याक्तित्वहरु समेत लगानी गर्नु भएको छ । हामी देशका बिभिन्न भाग लगाएर अन्तर्राष्ट्रिय रुपमा कोरिया, जापानमा पनि अन्तरक्रिया गरिसकेका छौ र आगामी दिनमा गैर नेपाली आबासिय संघ सस्थाहरुसंग समन्वय गरि बेलायत, अस्ट्रेलिया, अमेरिका, क्यानडामा पनि कार्यक्रम गर्न लागिएको पौडेल बताउनु हुन्छ ।

जल बिद्युत आयोजनाको कार्यलय काठमाडौ थापाथलीस्थित - ब्लु बर्ड कम्प्लेक्समा रहि आएको छ । त्यस्तै आगामी सिइडिबी हाइड्रो फन्टको बारेमा जानकारी दिदै प्रबन्ध संचालक बिनय राज भण्डारी भन्छन " हामीसंग पाइपलाइनमा कसुवाखोला जल बिद्युत आयोजना -४५ मेगावाट , सुपर म्याग्दी आयोजना - २४.०७ मेगावाट , तल्लो रुकुमगाड आयोजना -४.९९ मेगावाट, नरखोला आयोजना - ५० मेगावाट, नरखोला-१ आयोजना - २४.५३ मेगावाट, हागु-१ आयोजना - १८.६४ मेगावाट, भाबिल -१ आयोजना - १३.८६ मेगावाट, अपर रुकुमगाड आयोजना -४.७४ मेगावाट रहेका छन ।

"हामीसंगको लगानी केबल हाइड्रोपावरमा रहेको र हरेक कामले अनुभव बिश्वासलाई स्थापित गर्न सफल हुने छौ । निर्माणाधीन तल्लो खारे जल बिद्युत आयोजना-११ मेगावाटको पनि गत बर्ष यस्तैगरि अग्राधिकार सेयर आवहान गरि लगानी संकलन गरेको र हाल चालिस प्रतिशत निर्माण सम्पन्न गरिसकेका छौ । यसले पनि हाम्रो प्रतिबद्धतालाई व्यबहारमा उतार्न हामी सफल हुदैछौ । यसले लगानिकर्ताको सुरक्षित लगानीमा सत्य साबित हुदैछ ।"  मार्केटिङ एडभाइजर पाण्डब पौडेलले भन्नुहुन्छ ।

यदि कहि कतैबाट केहि कन्फ्युज भएमा सिधै मलाइ फोन वा इमेल मार्फत जानकारी लिन सक्नु हुनेछ ।

 यसरी नै नेपालमा जलविद्युत उत्पादन आयोजना सन्चालकले समयमै काम सम्पन्न गरेमा झोलामा खोला निरुत्साहित कार्यक्रमले सफलता लिने थियो नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख बताउछन । हरेक नेपाली नागरिक जो बिश्व भरी छरिएर आफ्नो पेशा ब्यबसाय गरि बस्नुभएको छ । सबैको लगानी भएमा नेपालमा छिट्टै बिद्युत बिक्री गर्ने गरि बिद्युत उत्पादन गर्न सकिन्छ । पौडेलको सम्पर्क यसप्रकार छ :
 पाण्डब पौडेल , इन्भेष्टमेन्ट एडभाइजर्स , दोर्दी खोला जल बिधुत आयोजना लिमिटेड
सम्पर्क न ९८५११३४७२२
     ०१-४२३२७४८
pandabpaudel@gmail.com
dordi1hep@gmail.काम "

, , , , , ,