अहिलेको विवाद एनआरएन अमेरीकाको होइन-डा. केशव पौडेल

तस्बिर होमनाथ गौतमको फेसबुकबाट 

भर्जिनिया, अमेरिका
अगस्त ४

गैर-आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको दोस्रो कार्याकालका लागि चुनावी प्रचारप्रसारमा व्यस्त  रहेका डा. केशव पौडेल सहितको समुहले भर्जिनियामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार यही अगष्टको ११ र १२ मा हुने मिति नजिकिए संगै अमेरिकाको बिभिन्न राज्यम्मा डा. पौडेलको टिमले प्रचारप्रसार, भेटघाट र छलफललाई तीव्रता दिएको छ ।

यही क्रममा भर्जिनिया क्षेत्रका नेपालीहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरे पछि उत्साहित भएको  डा. पौडेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै डा. पौडेलले आफ्नो उम्मेद्वारी दोस्रो कार्यकालका लागि किन भन्ने विषयलाई पुन जोड दिएका थिए । विगतमा सिकेका कुरा र बाँकि रहेका काम पुरा गर्दै बलियो एनआरएन बनाउँन कै लागि आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पारे । हो अघिल्लो कार्याकालमा भने जति गर्न सकिएन होला , मुद्दामामला र संस्थागत कामले समय खायो, यद्दपि गरेका कामहरु मुल्यांकन योग्य छन्-उनले भने ।

अहिले एनआरएन अमेरिकामा चर्चामा रहेको विवादलाई गहिराइ सम्म बुझ्न डा. पौडेलले सबैलाई आग्रह गरेका थिए । 'यो विवाद अहिले आएको जस्तो देखिएको छ तर यो पहिले देखि नै थियो । हामीले साथीहरुलाई भनेका थियौं, यसमा स्पष्ट भएर मात्र अघि बढ्नु पर्छ भनेर । तर अहिले गरेजस्तो उग्र भयो ।'-उनले भने ।

कार्यक्रम सम्बोधन गर्ने क्रममा डा. पौडेलले भने-' आइसीसीको विधान संसोधन हुने क्रममा ७५ वटा राष्ट्रका एनसीसीका प्रतिनिधिहरु हुनु हुन्थ्यो । सबैले एक मतले अध्यक्षका लागि एक कार्यकाल काम गरेको हुनु पर्ने पारित भयो । हामी अमेरिकाबाट गएका ३०/४० जनाले सदस्य हुने बित्तिकै अध्यक्षका लागि योग्य हुने कुरा राख्यौं । तर सबै देशकाले पारित गरेको कुरामा हामीले भनेकोले मात्र त भएन । संस्था त संसार भरिका गैर-आवासीय नेपालीहरुको हो । हामी अमेरिकाको मात्रै छुट्टै हुने कुरा भएन। त्यहि विधान फलो गर्ने हो । समस्या त्यहाँ देखि सुरु भएको थियो ।'

'साझा एनआरएन भए पछि त आइसीसीको विधान मुख्य हुन्छ, किन कि हामीले त आइसीसीसंग सम्बद्धता लिएका हौँ  । हामी छुट्टै होइनौ र हुने सक्दैनौ । एनसीसीमा कुनै विवाद भयो भने सिधै आइसीसीले 'रुलिङ्ग' गर्छ । त्यो विधान त उसको अधिकार हो । त्यसैले आउनुहोस यसपाली हामी त्यो विधान संसोधनमा फेरी पहल गरौँ, यसपालिको विश्व सम्मेलनमा।' डा. पौडेलले भने-'अहिले बजारमा सुनिए र भनिए जस्तो गौरी जोशीजीलाई निषेध गर्न कसैले खोजेको होइन । डा. केशब पौडेल र गौरी जोशी बिचको कुरा हुदै होइन यो । गौरी जोशीको पक्षमा त लडि नै रहेको छु । एउटा व्यक्ति मात्र होइन सबैको सदस्यको हकका लागि हामी लडौं न ।"

एनआरएनका दस्तावेजहरु र निर्वाचन आयोगलाई गरिएका पत्राचारहरुमा पनि फरक कुरा छन् गौरी जीका त्यसैले सबैलाई तथ्यमा आधारित हुन आग्रह गरे । हामी अमेरिकामा छौं 'फ्याक्ट' बुझेर  अगाडी बढौं-उनले भने । 'निर्वाचन आयोगलाई धन्यबाद दिनु पर्छ । तपाई हामीले देखेकै छौं,सुनेकै छौं, एनआरएनहरुलाई हेर्ने दृष्टिकोण अझै राम्रो बनि सकेको छैन । लालबाबु पण्डित प्रवृति बाँकी नै छ । हाम्रा हकहितका लागि एनआरएनलाई बलियो बनाउन स्वयंमसेवक भएर अहोरात्र खट्ने निर्वाचन आयोगलाई हामीले किन गाली गर्ने ?'- उनले प्रश्न गरे ।

कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासालाई पनि एक एक गरि स्पष्ट पारेका थिए । डा. पौडेलको सम्बोधन पछि धेरै कुरा स्पष्ट भएको सहभागीहरुले बताएका थिए । बर्तमान अध्यक्ष तथा आगामी अध्यक्षका प्रत्यासी डा. पौडेलको टिमले यसअघि क्यालिफोर्निया, न्युयोर्क, कोलोराडो, मेरिल्याण्ड लगायतका शहरमा छलफल तथा प्रचारप्रसार सम्पन्न गरिसकेको छ  भने शनिबार टेक्सासमा हुने छ । भर्जिनियामा सम्पन्न अन्तरक्रियामा अध्यक्षका प्रत्यासी डा. पौडेल संगै बरिष्ठ उपाध्यक्षका उम्मेद्धार शुनिल शाह, महासचिवका उम्मेद्धार बि आर लामा, उपाध्यक्षका उम्मेद्धार जेदु पोखरेल, आइसीसी सदस्यका उम्मेद्धार डिल्ली भट्टराई, बोर्ड अफ डाइरेक्टरका उम्मेद्धार प्रशुराम भण्डारी लगायतको सहभागीता रहेको थियो ।

, , , , , ,