प्रधानमन्त्रीले भने, "तपाईहरु अव काठमाडौं बस्ने होईन, प्रभावित क्षेत्र पुग्नुहोस्"


काठमाडौं
अगस्त १२

देशको विभिन्न भागमा परेको अबिरल बर्षाका कारणले देशभर ३० जनाको मृत्यू भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा डुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बोलाएर तत्काल उद्दार कार्यमा लाग्न निर्देशन दिएका हुन्।

उनले भने, ‘तपाईहरु अव काठमाडौं बस्ने होईन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’ ‘बाढिले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’

प्रधानमन्त्रीले बाढि पीडितहरुको उद्दार, राहत र स्थानान्त्रणमा सरकारले जुनसुकै पनि सहयोग गर्न तयार रहेको बताउँदै तत्काल उद्दारमा खटिन चार वटै सुरक्षा निकायलाई नागरिक समाजलाई समेत अपिल गरेर अघि बढ्न पनि निर्देशन दिए।

यसअघि बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले विपत्त् घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।


,